
दार्जीलिङ, 29 अक्टोबर (हि.स.)। शहरको महाकाल मन्दिरमा 'मिनी स्कर्ट' वा यस्तो कुनैपनि छोटो पोशाक लगाएर प्रवेश गर्नमा रोक लगाइएको छ। मन्दिर कमिटीद्वारा एक पोस्टर पनि लगाइएको छ। यसमा लेखिएको छ, महिलाहरूलाई स्कर्ट लगाएर मन्दिर परिसरमा प्रवेशको अनुमति छैन।
वस्तुतः दार्जीलिङमा सालभऱि भारी संख्यामा पर्य़टक आउँछन्। विभिन्न पर्यटन स्थलहरूका साथै महाकाल मन्दिर पनि एक पर्यटन स्थल हो। प्रतिदिन भारी संख्यामा मानिसहरू मन्दिरमा पूजा-अर्चना गर्न आउँछन्। यस पाली मन्दिरमा महिलाहरूका लागि ड्रेस कोड लागू गरिएको छ।
यद्यपि, मन्दिरमा एक वैकल्पिक व्यवस्था पनि गरिएको छ। यदि कसैले स्कर्ट लगाएपनि मन्दिरमा पस्नका लागि एउटा लामो घाघरा लगाइनेछ। त्यहीबाट उनीहरूले त्यो पोशाक लगाएर मन्दिरमा प्रवेश गर्नुपर्नेछ। यद्यपि, यस प्रकारको दिशा-निर्देशले श्रद्धालुहरूमा असन्तोष छ तर धेरैले मन्दिर अधिकारीहरूको यस पहलको सराहना गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी