
देहरादून, 29 अक्टोबर (हि.स.)। उत्तराखण्डमा हेमवती नन्दन बहुगुणा केन्द्रिय विश्वविद्यालय श्रीनगर गढ़वालको हिमालयी वातावरणीय एवं अन्तरिक्ष भौतिकी शोध प्रयोगशालाका डा. आलोक सागर गौतम भारतीय अन्तरिक्ष अनुसन्धान संगठनको वीनस अर्बिटर मिशनमा सामेल हुनेछन्।
इसरोको मुख्यालय बेङ्गलुरूमा 29 र 30 अक्टोबरमा आय़ोजित दुई दिवसीय राष्ट्रिय बैठकमा डा. आलोक सागर गौतम सामेल हुनेछन् र शुक्र ग्रहको सतह एवं उप-सतहको संरचना, वायुमण्डलीय एवं आयनोस्फेरिक प्रक्रियाहरू र सूर्यको प्रभावले हुने परिवर्तनहरूको अध्ययनबारे आफ्नो विचार राख्नेछन्।
इसरोको शुक्र ग्रहको निम्ति पहिलो अर्बिटर मिशन हो, जसको लक्ष्य शुक्रको विकास, सतह पुनर्गठन प्रक्रियाहरू, तटस्थ वायुमण्डलीय एवं आयनोस्फेरिक संरचना तथा त्यसमाथि सौर प्रभावले उत्पन्न परिवर्तनहरूको उन्नत अध्ययन गर्नु हो।
डा. गौतमले बताए, यो मिशनले उच्च-रिज़ोल्यूशन रडार इमेजिंग, सतही पुनर्गठन प्रक्रियाहरूको विश्लेषण, बादल संरचना एवं ग्यासहरूको गतिशीलता सहित अनेक महत्वपूर्ण वैज्ञानिक प्रयोगहरूलाई सम्पादित गर्नेछ। पृथ्वी र शुक्रको विकासमा अन्तरलाई बुझ्नमा महत्वपूर्ण भूमिका निभाउनेछ र भातको ग्रह विज्ञान एवं अन्तरग्रहीय अनुसंधान क्षमताहरूलाई अझ् अधिक सुदृढ़ गर्नेछ। उनी यस महत्वपूर्ण बैठकमा आफ्नो शोध कार्यको प्रस्तुतीकरण गर्नेछन् औं शुक्र ग्रहको वायुमण्डलको मोडलिंग, रिट्रीवल तकनीकहरू, इमेज प्रोसेसिंग एवं सिमुलेशन र अभिलेखीय वायुमण्डलीय आंकड़ाहरूको विश्लेषणको महत्व विषयमाथि एक प्यानल चर्चामा पनि सहभागिता गर्नेछन्। यस मिशनसित जोड़िएर राष्ट्रिय र क्षेत्रीय स्तरमा नयाँ शोध हुनेछ। साथै विश्वविद्यालयका छात्र-छात्राहरूलाई पनि अन्तरिक्ष विज्ञान एवं ग्रह अनुसंधानको क्षेत्रमा अवसर प्राप्त हुनसक्नेछ।
हिन्दुस्थान समाचार / भवानी थामी