
नयाँ दिल्ली, 29 अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी 30 र 31 अक्टोबरमा दुई दिवसीय गुजरात दौड़ाहमा रहनेछन्। यस अवधि प्रधानमन्त्री राष्ट्रिय एकता दिवस समारोहमा सामेल हुनेछऩ् र सरदार वल्लभभाई पटेलको 150औं जयन्तीमा उनलाई श्रद्धासुमन अर्पित गर्नेछन्।
प्रधानमन्त्री कार्यालय (पीएमओ) अनुसार, यात्राको पहिलो चरणमा प्रधानमन्त्रीले 30 अक्टोबरमा एकता नगर, केवड़िया पुग्नेछन्, जहाँबाट ई-बसहरूलाई हरियो झण्डा देखाउनेछन् र लगभग 1,140 करोड़ रुपियाँका विभिन्न विकास र बुनियादी ढांचा परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नेछन्। यी परियोजनाहरूको उद्देश्य पर्य़टनलाई प्रोत्साहन दिनु, आवागमनको सुविधालाई राम्रो बनाउनु र पर्यावरण अनुकूल पहलहरूलाई सशक्त गर्नु हो।
साझँ प्रधानमन्त्री बिरसा मुन्डा जनजातिय विश्वविद्यालय (राजपीपला), होस्पिटैलिटी डिस्ट्रिक्ट (फेज-1), वामन वृक्ष वाटिका, सप्तपुड़ा प्रोटेक्शन वाल, ई-बस चार्जिंग डिपो र 25 इलेक्ट्रिक बसहरू, नर्मदा घाट एक्सटेन्शन र स्मार्ट बस स्टप्स (फेज-2) जस्ता परियोजनाहरूको उद्घाटन गर्नेछन्। यसका साथै उनले म्यूजियम अफ रोयल किंग्डम्स अफ इण्डिया, वीर बालक उद्यान, स्पोर्ट्स कम्प्लेक्स, रेन फरेस्ट प्रोजेक्ट र ट्रैवलेटर जस्ता परियोजनाहरूको आधारशिला पनि राख्नेछऩ्। यस अवसरमा उनले सरदार पटेलको 150औं जयन्तीको उपलक्ष्यमा 150 रुपियाँको एक विशेष स्मारक सिक्का र डाक टिकट जारी गर्नेछन्।
प्रधानमन्त्रीले 31 अक्टोबरमा सरदार वल्ल्भभाई पटेलको प्रतिमा स्टेच्यू अफ यूनिटीमा पुष्पाञ्जलि अर्पित गर्नेछन् र राष्ट्रिय एकता दिवस समारोहमा हिस्सा लिनेछऩ्। साथै एकता दिवसको शपथ दिलाउनेछन् र परेडको निरीक्षण गर्नेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी