पुणेमा संदिग्ध आतङ्कवादीको घरमा भेटियो बम बनाउने जानकारीको किताब
पुणे


मुम्बई, 29 अक्टोबर (हि.स.)। महाराष्ट्र आतङ्कवाद निरोधी दस्ताले प्रतिबन्धित आतङ्कवादी संगठऩ अल-कायदासित सम्बन्धित संदिग्ध आतङ्कवादी जुबैर हंगरगेकर (35) को घरबाट अल-कायदा इन्स्पायर पत्रिका, एके-47 राइफल चलाउने र बम बनाउने जानकारीसित सम्बन्धित धेरै फोटोहरू जफत गरिएको छ। यसपछि एटीएसले उसको एक साथीलाई पुणे स्टेशन निकटदेखि बुधवार हिरासतमा लिएको छ, उसित पनि सोधपुछ भइरहेको छ।

यस मामिलाको छानबीन गरिरहेका एटीएस अधिकारीले बताए, पुणेको कोंढवा क्षेत्रबाट एक सफ्टवेयर इन्जीनियर जुबैर हंगरगेकरलाई पक्राउ गरियो। पुणेको न्यायालयले आरोपी जुबैर हंगरगेकरलाई 4 नोभेम्बरसम्म एटीएस कस्टडीमा पठाएको छ। उ मूल रूपमा सोलापुरको निवासी हो र वर्तमानमा कल्याणीनगरमा एक सफ्टवेयर कम्पनीमा काम गर्दछ। उ विवाहित हो र उसका दुई नानी छन्। उसको परिवार कोंढवा क्षेत्रमा बस्दछ। हालमा उ चेन्नई गएको थियो, त्यहाँबाट फर्केपछि उले आफ्नो एक साथीलाई भेटेको थियो। यसैले उसको एक साथीलाई पनि सन्देहको आधारमा पुणे रेलवे स्टेशनबाट हिरासतमा लिइएको छ।

एटीएस अनुसार, जुबैर हंगरगेकरको घरको तलाशी लिँदा कुख्यात आतङ्कवादी बिन लादेनको एक भाषणको उर्दू अनुवाद फेला परेको छ। उदेखि अल-कायदा इन्स्पायर पत्रिकाबाट एके-47 राइफल चलाउने र बम बनाउने जानकारी र फोटोहरू भेटिएको छ। एटीएसले कति कट्टरपन्ती युवा, साना केटाहरू जुबैरको सम्पर्कमा छन् र उसले अरूलाई अल-कायदाको सदस्य बन्ने सूचना दिएको छ, यसबारे जाँच गरिरहेको छ।

अहिलेसम्मको छानबीनमा थाहा लागेको छ कि जुबैर हंगरगेकर उच्च शिक्षित छ र एक आईटी कम्पनीमा लाखौं रूपियाँको प्याकेज लिँदछ। एटीएसले मामिलाको गहन जाँच गरिरहेको छ र यो पत्तो लगाउने प्रय़ास गरिरहेको छ कि के उसको अल-क़ायदा सदस्यहरूसित कुनै सम्बन्ध थियो, उसित यी सामग्रीहरू किन र कुन उद्देश्यले थियो पुलिसले उसका साथीसित पनि सोधपुछ गरिरहेको छ र उसको मोबाइल र अन्य इलेक्ट्रोनिक उपकरणहरूको पनि जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande