
नयाँ दिल्ली, 31 अक्टोबर (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चको साइबर सेलले देशभरि सक्रिय साइबर ठगहरूको अन्तर्राज्यीय नेटवर्कको भण्डाफोर गरेको छ। पुलिसले यस सम्बन्धमा पाँचजना आरोपीहरूलाई पक्राउ गरेको छ। यो गिरोहले दुबईमा बसेका एकजना भारतीय मास्टरमाइण्डको इशारामा काम गरिरहेको थियो। आरोपीहरूमा एकजना ब्यांकका रिलेशनशिप म्यानेजर पनि सामेल छ।
क्राइम ब्राञ्चका पुलिस उपायुक्त आदित्य गौतमले शुक्रवार बताए, आरोपीहरूको पहिचान हिसार निवासी मञ्जीत सिंह (28), सोनीपत निवासी मंशवी (23), उत्तम नगर निवासी मनीष मेहरा (33), भिवानी निवासी सोंबीर (43) औ बिजवासन निवासी अनूप (35)-को रूपमा भएको छ भने आरोपी अनुप ब्यांकमा कार्यरत थियो।
पुलिस उपायुक्त अनुसार अनुसन्धानको क्रममा थाहा लाग्यो, आरोपीहरूले नक्कली कम्पनी बनाएर आफ्नो नाममा ब्यांकमा चालू खाता खोलेका थिए। यी थाताहरूको माध्यमबाट ठगेको पैसालाई यता-उता घुमाएर अन्तमा क्रिप्टोकरेन्सीमा परिणत गर्थ्यो ताकि पैसाको श्रोतलाई लुकाउन सकियोस्। हरेक आरोपीलाई एउटा नक्कली खाताको सट्टा 1.5 लाख रुपियाँ कमिशन प्राप्त हुन्थ्यो।
पुलिसउपायुक्तले अझ बताए, साइबर सेलको जाँचमा यो पनि खुलासा भएको छ कि यस सम्पूर्ण नेटवर्कलाई दुईजना मानिसहरूले दुबईबाट संचालन गरिरह्का थिए। गिरोहका सदस्यहरूले नोएडा र गुरूग्राममा काम गर्थे। तकनिकी निगरानी र डिजीटल ट्रेसिंग पश्चात पुलिसले गत 27 अक्टोबरको दिन गुरूग्रामस्थित ठेगानामा छापा मारेर तीनजनालाई पक्राउ गऱ्यो। यिनीहरूसित भएको जाँचबुझपछि मनीष र ब्यांकमा कार्यरत अनुपलाई समातियो।
पुलिसले आरोपीहरूबाट 18 वटा मोबाइल फोन, 36 वटा सिम कार्ड, एउटा ल्यापटप, केही चेकबुक र ब्यांक डेबिट/क्रेडिट कार्ड जफत गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा