
दक्षिण दिनाजपुर, 31 अक्टोबर (हि. स.)। उच्च माध्यमिक परीक्षाको तेस्रो सेमेस्टरको परिणाम शुक्रवार घोषणा गरियो। दक्षिण दिनाजपुर जिल्लाको दौलतपुर हाई स्कूलकी छात्रा दीपान्विता पालले मेरिड सूचीमा छात्राहरूमा पहिलो स्थान हासिल गरेकी छन्। उनको प्राप्त अंक 98.42 प्रतिशत छ। दीपान्विताको सफलताले सम्पूर्ण जिल्ला खुशी भएको छ।
दीपान्विता दौलतपुरको उत्तरपाड़ाकी हुन्। उनका माता-पिता दुवै शिक्षक हुन्। पिता जगतपति पाल हरिरामपुर प्रखण्डको बेतना रामकृष्णपुर हाइ स्कूलका प्रधानाध्यापक हुन् भने माता तन्द्रा घोष बन्सीहारी प्रखण्डको दौलतपुर हाई स्कूलकी शिक्षिका। दीपान्विता बाल्यकालदेखि नै प्रतिभाशाली रहिआएकी छन्। उनी भविष्यमा शोधकर्ता बन्न चाहन्छन्।
आज परिणाम घोषणा हुनसाथ स्कूल लगायत सम्पूर्ण क्षेत्रमा हर्ष व्याप्त भयो। दीपान्विताको पढ़ाईको कुनै निश्चित समय थिएन। तिनले मनलागेपछि पढ़िहाल्थिन्। पढ़ाईसँगसँगै पेन्टिंग र माटोको मूर्ति बनाउने चाहना पनि उनमा छ।
स्कूलका प्रधानाध्यापक सौमेंद्रनाथ रायले भने, दीपान्विताले देखाइदिइन् कि सुदूरवर्ती क्षेत्रबाट पनि यस्तो परिणाम हासिल गर्न सकिन्छ। हामी उसको सफलताको कामना गर्दछौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा