वानामा नक्कली देशी घिउ बनाउने फ्याक्ट्रीको भण्डाफोर, दुई पक्राउ
वानामा नक्कली देशी घिउ बनाउने फ्याक्ट्रीको भण्डाफोर, दुई पक्राउ


नयाँ दिल्ली, 31 अक्टोबर (हि.स.)। राजधानी दिल्लीमा खाद्य सुरक्षासित खेलवाड़ गर्नेहरूविरूद्ध क्राइम ब्राञ्चले ठूलो कारबाही गरेको छ। इस्टर्न रेञ्ज-1 को टीमले बावाना इण्डस्ट्रियल एरियामा छापा मारेर नक्कली देशी घिउ बनाउने अवैध फ्याक्ट्रीको भण्डाफोर गरेको छ। पुलिसले घटनास्थलबाट दुईजना आरोपीहरूलाई पनि पक्राउ गरी लगभग 3700 लीटर मिसावटी घिउ, प्रचुर मात्रामा काँचो माल, मशिन तथा नक्कली प्याकिंग सामग्री जफत गरेको छ।

क्राइम ब्राञ्चका पुलिस उपायुक्त विक्रम सिंहले शुक्रवार बताए, क्राइम ब्राञ्चको टीमले गत 29 अक्टोबरमा गुप्त सूचनाको आधारमा कारबाही गर्दै बावाना इण्डस्ट्रियल एरियामा छापा माऱ्यो। यस अवधि सतेन्द्र (44) र पर्वीन (29)-लाई पक्राउ गरियो।

जाँचमा खुलासा भयो, फ्याक्ट्रीमा रिफाइण्ड ओयल र अन्य गैर-दुग्ध पदार्खहरूलाई मिसाएर नक्कली घिउ बनाइन्थ्यो। यो घिउलाई विभिन्न नामी ब्राण्डहरूको लेबल र प्याकिंगमा प्याक गरेर बजारमा बेचिँदैथ्यो। पुलिसले घटनास्थलबाट 2500 लीटर प्याक घिउ, 1200 लीटर काँचो घिउ, रिफाइण्ड ओयलको कन्टेनर, मिक्सिंग र हीटिंग यूनिट, प्याकिंग मशिन, ऱ्यापर रोल तथा विभिन्न साइजको प्लास्टिक प्याकिंग सामग्री जफत गऱ्यो।

पुलिस उपायुक्त अनुसार मुख्य आरोपी सतेन्द्रले पहिला सोनीपतमा तेल बेच्ने अवैध काम शुरू गरेको थियो, तर पछि अवैध रूपमा नक्कली घिउको धन्दा गर्न थाल्यो। दोस्रो आरोपी पर्वीन पहिला अटो चालक थियो, लगभग एक वर्षपूर्व सतेन्द्रसित मिलेर यस धन्दामा सामेल हुँदै आएको थियो। फ्याक्ट्री संचालनको जिम्मा पनि उसैको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande