
कोलकाता, 31 अक्टोबर (हि.स.)। आन्ध्र प्रदेश तटमा चक्रवात ‘मोन्था’ कमजोर भएर निम्न दबाव क्षेत्रमा परिणत भएपछि यसको प्रभावले उत्तर बंगालमा शुक्र्वार घना वर्शा हुने सम्भावना व्यक्त गरिएको छ। यस सम्बन्धमा भारतीय मौसम विभाग (आईएमडी)-ले उत्तर बंगालका केही जिल्लाहरूमा रेड अलर्ट जारी गरेको छ।
मौसम विभागका एकजना अधिकारीले बताए, चक्रवात ‘मोन्था’-को तीव्रता घटे पनि यसको अवशेषले अहिले पनि सम्पूर्ण भारतको मौसमलाई प्रभावित पारिरहेको छ।
अधिकारी अनुसार, “चक्रवात मोन्था दक्षिण छत्तीसगढ़देखि उत्तर-उत्तर पश्चिम दिशामा अग्रसर हुँदै पूर्व विदर्भ र त्योसित संलग्न दक्षिण छत्तीसगढ़ क्षेत्रमा एक स्पष्ट निम्न दबाव क्षेत्रमा परिणत भएको छ। आगामी 24 घण्टामा यो अझ उत्तर तर्फ अग्रसर हुनेछ र बिस्तारै सामान्य निम्न दबाव प्रणालीमा परिणत हुनेछ।”
यसैको प्रभावले गर्दा शुक्रवार दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार जिल्लामा अति भारी वर्षा हुने सम्भावना रहेको कारणले रेड अलर्ट जारी गरिएको छ। जलपाईगुड़ी जिल्लाका केही भागहरूमा अत्यधिक वर्षा हुने सम्भावना व्यक्त गरिएको छ भने कुचबिहार र उत्तर दिनाजपुर जिल्लामा अरेञ्ज अलर्ट जार गरिएको छ।
दक्षिण दिनाजपुर र मालदा जिल्लामा पनि मेघ गर्जनसितै भारी वर्षा हुने आशंका छ।मौसम विभागको भनाइ छ, शनिवारदेखि वर्षाको तीव्रता घट्नेछ अनि भारी वर्षा अलिपुरद्वार र कुचबिहारका केही भागहरूसम्म मात्र सीमित रहनेछ। यद्यपि उत्तर बंगालमा आइतवारसम्म मेघ गर्जनसितै छुटपुट वर्षा जार रहनसक्छ जसपश्चात सोमवारदेखि मौसम शुष्क हुने सम्भावना छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा