विदेशी वस्तुहरूको बहिष्कार नै आत्मनिर्भर भारतको पहिलो आधारः अर्चना पाण्डेय
विदेशी वस्तुहरूको बहिष्कार नै आत्मनिर्भर भारतको पहिलो आधारः अर्चना पाण्डेय


कानपुर, 31 अक्टोबर (हि. स.)। उत्तर प्रदेशको कानपुर जिल्लामा जावहर नगरस्थित ओंकारेश्वर विद्यालयमा भारतीय जनता पार्टी कानपुर उत्तरद्वारा आत्मनिर्भर भारतको सम्मेलन आयोजना गरियो। कार्यक्रममा मुख्य अतिथि पूर्व खनन आबकारी मद्य निषेध राज्य मन्त्री अर्चना पाण्डे एवं विशिष्ठ अतिथि जिल्ला अध्यक्ष अनिल दीक्षित एवं मञ्जू शुक्ला प्रदेश कार्य समिति सदस्य उपस्थित थिए। यस आशयको जानकारी शुक्रवार सम्मेलनकी अध्यक्ष महिला मोर्चाकी अध्यक्ष सरोज सिंह एवं संचालन महामन्त्री किरन तिवारीले दिएका हुन्।

मुख्य अतिथि अतिथि अर्चना पाण्डेयले महिलाहरूलाई सम्बोधन गर्दै भनिन्, विदेशी वस्तुहरूको बहिष्कार नै आत्मनिर्भर भारतको पहिलो आधार हो। भारतलाई आर्थिक, सुरक्षा एवं सामाजिक रूपमा सुदृढ़ बनाउने प्रधानमन्त्री मोदीको सपना हो- आगामी वर्ष 2047 सम्ममा भारत एक नयाँ विश्व शक्ति भएर उदाओस्, त्यसैले यो आवश्यक छ। भारत आफैमाथि निर्भर हुने हो वा आफूलाई कसैमाथि आश्रित बनाउने हो, यो विचार भारतलाई एक महाशक्ति बनाउनको लागि आवश्यक छ।

उनले भनिन्, वर्ष 2014 पूर्व भारत केही विदेशी शक्तिहरूमाथि निर्भर थियो। देशलाई विकसशीलदेखि विकसित देशहरूको श्रेणीमा ल्याउनको लागि सर्वप्रथम प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा आत्म भारत अभियान 12 मई, 2020-मा शुरू गरियो। यस अभियानको मुख्य उदेश्य भारतको अर्थव्यवस्थालाई सशक्त बनाउनु थियो। आज बारत जापानलाई पछि पारेर तेस्रो अर्थव्यवस्था बन्न पुगेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande