
गान्तोक, 1 नोभेम्बर (हि.स.)। राज्य महिला, बालबालिका, वरिष्ठ नागरिक एवं दिव्याङ्गजन कल्याण विभागले 29 र 30 अक्टोबर, 2025 का दिन प्रशिक्षण कार्यक्रम आयोजन गऱ्यो। बाल यौन दुर्व्यवहारका पीडित (सीएसए) हरूका लागि फ्रन्टलाइन प्रतिक्रियालाई सुदृढ पार्न आधारभूत परामर्श प्रविधिहरूमाथि आयोजित कार्यक्रम मुम्बई आधारित एनजीओ अर्पणसॅंगको सहकार्यमा गरिएको थियो।
अर्पण वैश्विक रूपमा मान्यताप्राप्त र पुरस्कार प्रापक संगठन हो, जुन भारतमा सीएसएलाई समाप्त गर्न प्रतिबद्ध रहेको छ। संगठनले बाल यौन दुर्व्यवहार मुक्त संसारको दर्शन लिएर काम गरिरहेको छ। प्रशिक्षण कार्यक्रममा मिशन वात्सल्य योजना अन्तर्गत कार्यरत लगभग 45 जना पदाधिकारीहरू सहभागी थिए।
प्रशिक्षणको मिशन वात्सल्य योजनाकी संयुक्त सचिव मनिसा सिन्चुरीको अगुवाईमा सम्पन्न गरियो भने अर्पणबाट निशिता शेट्टी र नेहा मारू स्रोत वक्ताका रूपमा उपस्थित थिए। प्रशिक्षण सत्रहरूमा बाल यौन दुर्व्यवहारसँग सम्बन्धित विभिन्न विषयहरू जस्तै मनोवैज्ञानिक प्राथमिक उपचार, आघात प्रतिक्रिया र बालबालिकाको स्नायु जीवविज्ञान, प्रभावकारी परामर्शको सीप र प्रविधिहरू, केस स्टडी र भूमिका खेल्ने विषयहरू उत्पादनशील रूपमा समेटिएका थिए।
हिन्दुस्थान समाचार / बिशाल