
पटना, १० नोभेम्बर (हि.स.)। बिहारको दानापुर विधानसभा क्षेत्रमा आइतबार राति भएको दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। यो घटना दियारा क्षेत्रअन्तर्गत अकिलपुर थाना क्षेत्रको मानस नया पानापुर ४२ पट्टीमा भएको हो। यहाँ कच्चा घर भत्किँदा घरधनीसहित पाँच जनाको ज्यान गएको छ। दानापुर बिहारको राजधानी पटनाबाट लगभग १४ किलोमिटर टाड़ा पर्छ।
स्थानीय बासिन्दाहरूका अनुसार, घर भत्किने ठूलो आवाज सुनेपछि सबैभन्दा पहिला छिमेकीहरू त्यहाँ पुगे र पुलिसलाई जानकारी दिए। पुलिस र स्थानीयहरूको सहयोगमा मलबा हटाएर सबैलाई निकालियो, तर त्यतिबेलासम्म उनीहरूको मृत्यु भइसकेको थियो।
यो दुर्घटना बबलु खान (३२) को परिवारसँग भएको हो। बबलु इन्दिरा आवास योजनाअन्तर्गत बनेको यस घरमा आफ्नी श्रीमती रौशन खातुन (३०), छोरा मोहम्मद चाँद (१०), छोरी रुखसार (१२) र चाँदनी (२) सँग बस्दै आएका थिए। घटना हुँदा पाँचै जना सुतिरहेका थिए। थाना अध्यक्ष विनोदले घटनाको पुष्टि गर्दै शवहरूलाई दानापुर अनुमण्डल अस्पताल पठाइएको जानकारी दिए।
हिन्दुस्थान समाचार / भवानी थामी