
हरेक वर्ष ११ नोभेम्बरका दिन भारतभर राष्ट्रिय शिक्षा दिवस मनाइन्छ। यो दिन स्वतन्त्र भारतका पहिलो शिक्षा मन्त्री मौलाना अबुल कलाम आजादको जन्मजयन्तीको अवसरमा समर्पित गरिएको हो। स्वतन्त्रतापछि भारतको शिक्षा प्रणालीको जग बसाल्ने उनका प्रयासले देशको भविष्यलाई नयाँ दिशा दिएको थियो।
मौलाना आजाद एक दूरदर्शी नेता र विद्वान थिए। उनको विश्वास थियो कि शिक्षा हरेक नागरिकको मौलिक अधिकार हो र यही समाजमा समानता र प्रगतिको आधार बन्न सक्छ। उनको नेतृत्वमा विश्वविद्यालय अनुदान आयोग (UGC), अखिल भारतीय प्राविधिक शिक्षा परिषद् (AICTE) र भारतीय प्राविधिक संस्थान (IIT) जस्ता संस्थाहरू स्थापना भए, जसले भारतलाई ज्ञान र प्रविधिको क्षेत्रमा विश्व स्तरमा परिचित बनायो।
आज पनि उनको सोच त्यति नै प्रासंगिक छ, जति स्वतन्त्रतापछि थियो। मौलाना आजाद भनिरहन्थे, “शिक्षा नै त्यस्तो साधन हो जसले समाजमा समानता र प्रगति ल्याउन सक्छ।”
राष्ट्रिय शिक्षा दिवसको अवसरमा देशभरका विद्यालय र विश्वविद्यालयहरूमा सेमिनार, निबन्ध, वाद-विवाद प्रतियोगिता र प्रदर्शनीहरू आयोजना गरिन्छन्, जसको उद्देश्य नयाँ पुस्तालाई शिक्षाको महत्व बुझाउन र मौलाना आजादका आदर्शबाट प्रेरित गराउनु हो।
महत्वपूर्ण घटनाक्रम
1208 - ओत्तो भान विटल्सबाश जर्मनीका राजा चयन भए।
1675 - गुरु गोबिन्द सिंहलाई सिक्ख समुदायका गुरु नियुक्त गरियो।
1745 - चार्ल्स एडवर्ड स्टुअर्ट (बोनी प्रिन्स चार्ली) को सेना इंग्ल्यान्ड प्रवेश गर्यो।
1809 - ब्रिटिश शासनविरुद्ध बिद्रोहका लागि ‘कुण्डरा घोषणा’ जारी गरियो।
1811 - कार्टाहेना (कोलम्बिया) ले स्पेनबाट स्वतन्त्रता घोषणा गर्यो।
1836 - चिलीले बोलिभिया र पेरुविरुद्ध युद्ध घोषणा गर्यो।
1905 - वेल्सका युवराजले ‘प्रिन्स अफ वेल्स’ संग्रहालयको जग राखे।
1918 - पोल्याण्डले स्वतन्त्र देशको घोषणा गर्यो।
1937 - अमेरिकाका क्लिन्टन डेभिसन र बेलायतका सर जी.पी. थोमसनलाई भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान।
1962 - कुवेतको नेशनल असेंबलीले संविधान स्वीकृत गर्यो।
1966 - नासाले ‘जेमिनी-१२’ नामक अन्तरिक्ष यान प्रक्षेपण गर्यो।
1973 - पहिलो अन्तर्राष्ट्रिय हुलाक टिकट प्रदर्शनी नयाँ दिल्लीमा सुरू।
1975 - अङ्गोलाले पोर्चुगलबाट स्वतन्त्रता प्राप्त गर्यो।
1978 - माउमून अब्दुल गयूम माल्दिभ्सका राष्ट्रपति बने।
1982 - इजरायलको सैन्य मुख्यालयमा ग्यास विस्फोट हुँदा ६० जनाको मृत्यु।
1985 - एड्स विषयमा आधारित पहिलो टेलिभिजन फिल्म ‘एन अर्ली फ्रस्ट’ अमेरिका मा प्रदर्शन।
1989 - बर्लिन पर्खाल भत्काउने प्रक्रिया सुरू।
1995 - नाइजेरियामा मानव अधिकारकर्मी केन सारो वीवा र उनका आठ सहकर्मीलाई फाँसी, जसका कारण विश्वभर निन्दा।
2000 - अस्ट्रियाको सुरुङभित्र आगलागी हुँदा १८० जनाको मृत्यु।
2001 - दोहा बैठकमा WTO ले भारतको समर्थन गर्यो।
2002 - इरान संसदले न्यायपालिकाको अधिकार घटाउने विधेयक पारित गर्यो।
2003 - सिरियामाथि अमेरिकी प्रतिबन्ध स्वीकृत, दक्षिण एसियाली सूचना मन्त्रीहरूको सम्मेलन नयाँ दिल्लीमा उद्घाटन।
2004 - यासिर अराफातको निधन, महमूद अब्बास PLO का नयाँ अध्यक्ष बने।
2007 - अमेरिकी साहित्यकार नर्मन मेलरको निधन।
2008 - कांग्रेस नेतृ मार्गरेट अल्वाले महासचिव पदबाट राजीनामा दिइन्।
2013 - सोमालियाको पुंटल्याण्ड क्षेत्रमा भीषण चक्रवातका कारण १०० जनाको मृत्यु।
2014 - पाकिस्तानको सख्खर प्रान्तमा बस दुर्घटनामा ५८ जनाको मृत्यु।
जन्म
1837 - अल्ताफ हुसैन हाली, प्रसिद्ध उर्दू साहित्यकार र कवि।
1885 - अनसूया साराभाई, सामाजिक कार्यकर्ता र मजदुर महाजन संघकी संस्थापक।
1888 - मौलाना अबुल कलाम आजाद, स्वतन्त्र भारतका पहिलो शिक्षा मन्त्री।
1888 - जे.बी. कृपलानी, भारतीय क्रान्तिकारी र राजनीतिज्ञ।
1924 - आई.जी. पटेल, भारतीय रिजर्भ बैंकका १४औं गभर्नर।
1924 - सुन्दरलाल पटवा, मध्यप्रदेशका पूर्व मुख्यमन्त्री।
1927 - अमिताभ चौधरी, ईमानदारी र नैतिकताको मूल्य बुझ्ने पत्रकार।
1936 - कैलाश वाजपेयी, हिन्दीका प्रसिद्ध साहित्यकार।
1936 - माला सिन्हा, हिन्दी चलचित्रकी प्रसिद्ध अभिनेत्री।
1943 - अनिल काकोदकर, भारतीय परमाणु वैज्ञानिक।
1950 - नेफियू रियो, नागाल्याण्डका मुख्यमन्त्री तथा NDPP का अध्यक्ष।
1955 - जिग्मे सिङ्गे वाङ्चुक, भुटानका पूर्व राजा।
1959 - डी.वाई. चन्द्रचूड, भारतका ५०औं प्रधान न्यायाधीश।
निधन
1849 - राम सिंह पठानिया, भारतीय स्वतन्त्रता सेनानी।
1971 - देवकी बोस, प्रसिद्ध चलचित्र निर्देशक र संगीतज्ञ।
1982 - उमाकान्त मालवीय, प्रतिष्ठित कवि तथा गीतकार।
1994 - कुप्पाली वेंकटप्पा पुटप्पा, कन्नडका प्रसिद्ध कवि तथा लेखक।
2008 - कन्हैयालाल सेठिया, आधुनिक हिन्दी र राजस्थानी साहित्यका ख्याति प्राप्त लेखक।
महत्वपूर्ण दिवस
राष्ट्रिय शिक्षा दिवस (मौलाना अबुल कलाम आजादको जन्मजयन्ती)।
हिन्दुस्थान समाचार / भवानी थामी