
नयाँ दिल्ली, 10 नोभेम्बर (हि.स.)। अन्तरराष्ट्रिय ब्रोकरेज फर्म गोल्डम्यान सैक्सले भारतको रेटिङलाई बढ़ाएर ओवररेट गरेको छ। फर्मले निफ्टीको निम्ति 2026 को अन्तसम्म 29,000 अंकको स्तरसम्म पुग्ने टारगेट पनि दिएको छ। गोल्डम्यान सैक्सले 13 महिना अगाड़ी अक्टोबर 2024 मा भारतको रेटिङलाई घटाएर न्यूट्रल गरेको थियो। साथै घरेलू शेयर बजारको महंगो वैल्यूएशनको कारण 2026 को अन्तसम्मको निम्ति निफ्टीको टारगेटलाई 27,500 देखि घटाएर 27,000 गरेको थियो।
13 महिनापछि ब्रोकरेज फर्मले भारतको रेटिङलाई अपग्रेड गर्नका साथै निफ्टीको 2026 को अन्तसम्मको टारगेटलाई पनि वर्तमान स्तरदेखि लगभग 15 प्रतिशत बढ़ाएर 29,000 अंकको स्तरसम्म पुऱ्याएको छ। गोल्डम्यान सैक्सले भन्यो, भारतीय शेयर बजारमा वैल्यूएशन अब आकर्षक स्तरमा पुगेको छ। यसका साथै देशको मौद्रिक र आर्थिक नीतिहरूले भारतको विकासको रफ्तारलाई सपोर्ट गर्नका साथै मजबूत पनि बनाइरहेको छ।
ब्रोकरेज फर्मले भनेको छ, भारतीय बजारमा ब्याज दरहरूमा कटौती र जीएसटीको रेटमा गरिएको सुधारपछि डिमान्ड र कन्जप्शन (माग र खपत) मा पनि बढ़ोतरी हुने सम्भावना छ। विदेशी निवेशकहरूको सेन्टीमेन्टमा पनि अक्टोबर महिनामा लगातार सुधार भएको नजर आएको छ। यस बाहेक वर्तमान वित्त वर्षको दोस्रो तिमाहीमा कोरपोरेट सेक्टरको तुलनात्मक रूपमा राम्रो नतीजाहरूले भारतको फन्डामेन्टल स्ट्रेन्थलाई एक पल्ट फेरि रेखांकित गरेको छ।
रिपोर्ट अनुसार, भारतीय बजारका निवेशकहरूले आउने समयमा कन्ज्यूमर स्टेपल्स, फाइनेन्शियल्स, डिफेन्स र ओयल मार्केटिंग कम्पनीहरू जस्ता सेक्टरहरूमाथि आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ। यद्यपि, फर्मको यस रिपोर्टमा चेताउनी पनि दिइएको छ कि कमाईमा कमी, बाहिरी आर्थिक चुनौतीहरू र आर्टिफिशियल इन्टेलीजेन्सलाई लिएर बढ्दो चिन्ताहरूले बजारको निम्ति जोखिम जन्माउनसक्छ।
ब्रोकरेज फर्मको रिपोर्टमा भनिएको छ, बजारको मजबूत स्थिति र आउने दिनहरूको सकारात्मक संकेतहरूको कारण कन्ज्यूमर ड्यूरेबल्स, मीडिया, टेलीकम, टेक्नोलोजी, फाइनेन्शियल सर्विसेज र डिफेन्स र ओयल एण्ड ग्यास सेक्टरमा सबैभन्दा अधिक तीव्रता आउनसक्छ। यद्यपि, यस रिपोर्टमा यो पनि स्पष्ट पारिएको छ कि निवेशकहरूले आफ्नो निवेश नीति वैश्विक जियो-पोलिटिकल माहोल र बजारको स्थितिलाई ध्यानमा राखेर इनवेस्टमेन्ट एक्सपर्ट्सको सुझाउ लिएर बनाउनुपर्छ अन्यथा उनीहरूलाई भारी नोकसानको सामना गर्नु पर्नसक्छ।
हिन्दुस्थान समाचार / भवानी थामी