
वाराणसी, 10 नोभेम्बर (हि.स.)। काशी हिन्दू विश्वविद्यालयको संस्कृत विभाग र विश्व संवाद केन्द्र (काशी) को संयुक्त तत्वावधानमा तीन दिवसीय काशी शब्दोत्सव 2025, 16 नोभेम्बरदेखि शुरू हुनेछ। काशी हिन्दू विश्वविद्यालयको स्वतन्त्रता भवनमा आयोजित यस कार्यक्रमको उद्घाटन मुख्य अतिथि राष्ट्रिय स्वयंसेवक संघका अखिल भारतीय प्रचार प्रमुख सुनील आम्बेकरले गर्नेछन्।
उक्त जानकारी दिँदै सोमवार डाक्टर शैलेश कुमार मिश्राले बताए, काशी शब्दोत्सव 16 नोभेम्बरदेखि 18 नोभेम्बरसम्म चल्नेछ। यसमा 16 नोभेम्बरमा उद्घाटन सत्रपछि प्रथम सत्रमा भारतीय समाज दर्शन विषयमाछि छलफल हुनेछ। उद्घाटन सत्र बिहान 11 बजीदेखि शुरू भएर 1 बजीसम्म चल्नेछ र साहित्य जगत, शिक्षा क्षेत्रका धेरै गणमान्य मानिसहरूको उपस्थिति रहनेछ। काशी शब्दोत्सव 2025 कार्यक्रमको निम्ति विश्व संवाद केन्द्रको तर्फबाट कार्यक्रम संयोजक डा. हरेन्द्र कुमार राय एवं उनका सहयोगीको रूपमा डा. अम्बरीष राय, डाक्टर. शैलेश कुमार मिश्रा, डाक्टर ओम प्रकाश सिंह, डाक्टर सदाशिव द्विवेदीलाई सह संयोजक बनाइएको छ।
उनले बताए, यसपछि प्रथम समानान्तर सत्रमा प्रबन्धऩको भारतीय सूत्र विषयमा चर्चा गरिनेछ। साँझ 5 बजीदेखि सांस्कृतिक संध्याको आयोजन गरिँदैछ। दोस्रो दिन 17 नोभेम्बरमा द्वितीय सत्रमा पण्डित दीनदयाल उपाध्यायको आध्यात्मिक, राष्ट्रियता एवं एकात्म जीवन दर्शन विषयमाथि व्यापक चर्चा हुनेछ। द्वितीय समानान्तर सत्रमा भारतीय संस्कृति एवं कलाहरूमाथि चर्चा गरिनेछ। तृतीय सत्रमा 2 बजीदेखि पर्यावरण संवाद हुनेछ। तृतीय समानान्तर सत्रमा भारतीय साहित्यमाथि चर्चा हुनेछ। दोस्रो दिनपनि साझँ सांस्कृतिक सन्ध्याको आयोजन हुनेछ। 18 नोभेम्बरमा चतुर्थ सत्रमा कुटुम्ब व्यवस्थाको वैश्विक सन्दर्भ विषयमाथि चर्चा हुनेछ। चतुर्थ समानान्तर सत्रमा समसामयिक वैश्विक परिदृश्यमाथि छलफल हुनेछ। यही दिनको भोजन पश्च्यात समापन सत्र हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी