
नयाँ दिल्ली, 10 नोभेम्बर (हि.स.)। केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहले देशको शहरी सहकारी ब्याङ्कले अब आकांक्षी युवाहरू, साना व्यापारीहरू र निम्न वर्गका मानिसहरूको सशक्तिकरणको निम्ति अग्रणी भूमिका निभाउनुपर्ने बताएका छन्। उनले भऩे, नैफकब र अन्य शहरी सहकारी संगठऩ एक ‘नैतिक दिशानिर्देश जारी गरोस्, जसको आधारमा प्रत्येक ब्याङ्कले आफ्नो वित्तीय ढांचालाई पुनः डिज़ाइन गर्नसकोस्।
शाहले यहाँ राष्ट्रिय शहरी सहकारी ब्याङ्क एवं ऋण समिति महासंघ (नैफकब) र सहकारिता मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित अन्तरराष्ट्रिय सम्मेलन ‘को-अप कुम्भ 2025’ लाई सम्बोधित गरिरहेका थिए। उनले भऩे, शहरी सहकारी ब्याङ्क र ऋण समितिहरू हालका वर्षमा नयाँ उत्साह र दृढ़ संकल्पको साथ अगाड़ी बढ़ेको छ। उनले अमूल र इफ्कोलाई अन्तरराष्ट्रिय सहकारी गठबन्धनद्वारा विश्व ऱ्याङ्किङमा क्रमशः प्रथम र द्वितीय स्थान प्राप्त गरेकोमा बधाई दिए।
उनले भऩे, यसले दर्शाउँछ कि सहकारिताको अवधारणा आजपनि उत्तिकै प्रांसगिक र जीवन्त छ। अमूलले देशमा श्वेत क्रान्तिलाई गति दिएको छ र आज प्रतिदिन तीन करोड़ लीटर दूध एकत्र गरिरहेको छ भने इफ्कोले हरित क्रान्तिमा अहम योगदान दिँदै 93 लाख टन यूरिया र डीएपीको उत्पादन गरेको छ, जसको नैनो उत्पाद आज 40 भन्दा अधिक देशहरूमा निर्यात गरिँदैछ।
उनले भने, आज ‘सहकार डिजी-पे’ र ‘सहकार डिजी-लोन’ ऐप्स लाञ्च गरिएको छ, जसले देशको सबैभऩ्दा सानो सहकारी संस्थाहरूलाई डिजिटल भुकतान व्यवस्थासित जोड्नेछ। भारतमा डिजिटल पेमेन्टको नयाँ युग शुरू भइसकेको छ र अब सहकारी संस्थानहरूलाई पनि यससित जोड़ेर आमजनसम्म वित्तीय सुविधा पुऱ्याउनुपर्नेछ। सरकारले प्राथमिक कृषि ऋण समितिहरू (पैक्स) को निम्ति मोडल बायलज तयार गरेको छ, जसलाई सबै राज्यहरूले अपनाएका छन्। यसबाट निष्क्रिय समितिहरूलाई पुनर्जीवित गर्नमा सजिलो हुनेछ।
उनले भने, युवा पीढ़ीलाई सहकारितासित जोड्न त्रिभुवन सहकारी विश्वविद्यालयको स्थापना गरिएको छ, जसले सहकारी क्षेत्रको निम्ति प्रोफेशनल्स तयार गर्नेछ। शाहले लक्ष्य राखे कि दुई लाखभन्दा अधिक जनसंख्या भएको प्रत्येक नगरमा पाँच वर्षभित्र एक अर्बन कोअपरेटिव ब्याङ्क स्थापित गरियोस्।
उनले भने, अर्बन कोअपरेटिव ब्याङ्कहरूको एनपीए अनुपात दुई वर्षमा 2.8 देखि घटेर केवल 0.6 प्रतिशत रहेको छ, जुन यस क्षेत्रको ठूलो उपलब्धी हो। कार्यक्रममा केन्द्रिय सहकारिता राज्यमन्त्री कृष्ण पाल गुर्जर, कर्नाटकका मन्त्री डा. एचके पाटिल, नैफकब अध्यक्ष लक्ष्मी दास, सहकारिता सचिव डा. आशीष कुमार भूटानी र अन्य धेरै गणमान्य अतिथि उपस्थित रहे।
हिन्दुस्थान समाचार / भवानी थामी