बिहारमा महागठबन्धनको सरकार बने हरेक घऱ नोकरी र महिलाहरूलाई ढाई हजार रूपियाँको सहायताः जयराम रमेश
रमेश


नयाँ दिल्ली, 10 नोभेम्बर (हि.स.)। बिहार विधानसभा चुनाउको दोस्रो चरण अगाड़ी कांग्रेसका महासचिव जयराम रमेशले यस पाली बिहारमा महागठबन्धनको सरकार बन्नु तय रहेको बताएका छन्। सत्तामा आउनसाथ बिहारका लागि महागठबन्धनको पाँच सालको बीस सूत्री गारन्टी लागू गरिनेछ, जसमा हरेक घरबाट एक सदस्यलाई सरकारी नोकरी, महिलाहरूलाई हरेक महिना ढाई हजार रूपियाँ सहायता र दुई सय यूनिटसम्मको निःशुल्क बिजुली जस्ता तमाम सुविधाहरू दिइनेछ।

कांग्रेस नेता रमेशले आफ्नो एक्स पोस्टमा भनेका छन्, महागठबन्धनको गारन्टीमा पाँच सय रूपियाँमा ग्यास सिलेन्डर, महिलाहरूका लागि निःशुल्क बस सेवा, जीविका दिदीहरूलाई तीस हजार रूपियाँ वेतन, वृद्धजनहरूलाई पन्द्र सय रूपियाँ पेन्शन र दिव्यांगहरूलाई तीन हजार रूपियाँ मासिक पेन्शन दिने वाचा गरिएको छ। यस बाहेक किसानहरूलाई उनीहरूको उत्पादमा समर्थन मूल्यको गारन्टी, चौबीस घण्टा निःशुल्क बिजुली र सरकारी कर्मचारीहरूका लागि पुरानो पेन्शन योनजा लागू गर्ने कुरा पनि सामेल छ।

जयराम रमेशले भने, महागठबन्धनको सरकारले आरक्षण सीमा पचास प्रतिशतदेखि बढ़ाउने कानूनलाई संविधानको 9औं अनुसूचीमा पठाउनेछ। साथै अनुसूचित जाति र जनजाति उत्पीड़न मामिलाहरूको त्वरित सुनवाईको निम्ति विशेष न्यायालय बनाइनेछ। सहारामा फंसेको पैसाहरूलाई फर्काउन विशेष जाँच दलको गठन गरिनेछ। पत्रकारहरूलाई बस्नको निम्ति होस्टल र निःशुल्क उपचार तथा उकीलहरूलाई जीवन र स्वास्थ्य बीमाको सुविधा दिइनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande