हाजो पुलिसको महत्वपूर्ण कारबाही, तस्करी गरिएका 28 वटा गाई जफत
हाजो पुलिसको महत्वपूर्ण कारबाही, तस्करी गरिएका 28 वटा गाई जफत


कामरूप (असम), 20 नोभेम्बर (हि.स.)। हाजो पुलिसले गए बुधवार अबेर राती शानियादी पेट्र्लो पम्प सामु चलाएको एक विशेष अभियानमा ठूलो सफलता हासिल गर्दै तस्करी गरिएका 28 वटा गाई-गोरूहरूलाई जफत गऱ्यो। यस अभियानको नेतृत्व हाजो थानाका निरीक्षक रूपम हजारिकाले गरेका थिए।

पुलिस प्रवक्ताले बिहीवार बताए, पुलिसले यी पशुहरूलाई तीन वटा वाहनमा लादेर मेघालय लैजाने क्रममा समातेको हो।

जफत गरिएका वाहनहरूको नम्बर एएस 01 एससी-3799, एएस 01 एमसी-7102 औ एएस 15 एसी 8779 रहेको छ।

अभियान अवधि पुविसले पाँचजना मानिसहरूलाई हिरासतमा लिएको छ। प्रारम्भिक जाँचमा बरपेटाको माजदिया र कुकर्पारका मफिज भुइयाँ तथा मुकी अली नामक दुईजना कथित गौ-तस्करी संलिप्त रहेको आशंका व्यक्त गरिएको छ। हाजो पुलिसले बताए मुताविक पशु तस्करी विरोधी अभियानलाई अझ तीव्रता दिइनेछ। यस मामिलामा पुलिसले जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande