मोडल आँगनबाड़ी केन्द्रहरूले असमको प्रारम्भिक बाल हेरचाहको तस्वीरलाई नै फेरिदिए
मोडल आँगनबाड़ी केन्द्रहरूले असमको प्रारम्भिक बाल हेरचाहको तस्वीरलाई नै फेरिदिए


गुवाहाटी, 20 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भनेका छन्, असमका आँगनबाड़ी केन्द्रहरू जुन एक समयमा जर्जर भवन तथा कमजोर सुविधाहरूको कारणले कठिन परिस्थितिहरूको सामना गरिरहेका थिए, अब द्रूत गतिमा रूपान्तरण भइरहेका छन्। पछिल्ला केही वर्षदेखिको भत्किएका संरचनाहरूदेखि लिएर आधुनिक, सुरक्षित एवं बाल-बालिकाहरू अनुकूल माहोलसम्म भएको यस परिवर्तनले हजारौं बाल-बालिका तथा आमाहरूमा नयाँ आशा जगाएको छ।

मुख्यमन्त्रीले बिहीवार आफ्नो सोशल मीडियामा जारी सन्देशमा भने, राज्यका केही क्षेत्रहरूमा बनाइएका मोडल आँगनबाड़ी केन्द्रहरू अब श्रेष्ठ कक्षा, प्रशिक्षित कार्यकर्ता, सुरक्षित खेल क्षेत्र एवं गुणस्तरीय पाठ्य सामग्रीहरूद्वारा लैस छन्। अधिकारीहरू भन्छन्, यी केन्द्रहरू अब पोषण, शिक्षा एवं हेरचाहको एक महत्वपूूर्ण आधार बनिसकेका छन् जहाँ बाल-बालिकाहरू सुरक्षित वातावरणमा सिकेर विकसित हुन्छन्।

मुख्यमन्त्रीले भने, एक समय थियो जतिबेला नानीहरू भुइँमा बस्थे अनि आमाहरूले राम्रो सुविधाहरूको आशा गर्दथे। आज मोडल आँगनबाड़ी केन्द्रहरू उत्कृष्ट कक्षा, समर्पित शिक्षिका अनि हरेक आमा-शिशुको लागि सहयोगको प्रतीक बनिसकेका छन्।

उनले भने, प्रारम्भिक वर्षहरूमा गरिएको निवेशले भावी पिँढ़ीलाई मजबुत बनाउँछ र राज्य सरकार यसै लक्ष्यप्रति आफ्नो प्रतिबद्धतालाई दोहोऱ्याउँछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande