रायपुरः एसआईआर फारम भर्दा साइबर ठगीदेखि सतर्क रहौं- मुख्य निर्वाचन अधिकारी
रायपुरः एसआईआर फारम भर्दा साइबर ठगीदेखि सतर्क रहौं- मुख्य निर्वाचन अधिकारी


रायपुर 20 नोभेम्बर (हि.स.)। कार्यालय मुख्य निर्वाचन पदाधिकारी, छत्तीसगढ़ले मतदाता सूची विशेष गहन पुनरीक्षण अन्तर्गत गणना फारम भर्ने मतदाताहरू लगायत सम्पूर्ण नागरिकहरूको लागि बिहीवार एक महत्वपूर्ण सुरक्षा सूचना जारी गरेको छ। यस सूचनाको उद्देश्य मानिसहरूलाई उनीहरूको मोबाइल नम्बरको सम्भावित दुरूपयोग तथा ओटीपी आधारित धोकाधड़ीदेखि बच्नु हो।

होशियार! ओटीपी कहिल्यै शेर नगरौं।

विभागले स्पष्ट पारेको छ, एसआईआर फारम भर्दा मोबाइल नम्बर दिनु पूर्ण रूपले सुरक्षित छ, तर नागरिकहरू विशेष रूपमा सतर्क रहन आवश्यक छ किनभने साइबर अपराधीले यसै बहानामा ठग्ने चेष्टा गर्नसक्छ।

मुख्य निर्वाचन पदाधिकारीले बल दिँदै भनेका छन्, बीएलओ (बूथ लेभल अफिसर)- को माध्यमबाट एसआईआर फारम भर्नको लागि कुनै पनि प्रकारको ओटीपीको आवश्यकता पर्दैन। कुनै पनि अधिकारी, कर्मचारी एवं बीएलओले तपाईहरूसित ओटीपी माग्दैन। यदि कसैले तपाईलाई फोन गरेर एसआईआरसित सम्बन्धित मोबाइल नम्बरमा ओटीपी आएको छ, त्यो मलाई देउ भनेर भन्यो भने तत्कालै अस्वीकार गर्नुहोला। कल गर्ने व्यक्तिलाई स्पष्ट रूपमा भन्नुहोस्, म कार्यालयमा गएर कुरा गर्छु वा आफ्नो बीएलओसित सम्पर्क गर्छु। कल गर्ने व्यक्तिले ओटीपी माग्नको लागि दबाव दियो, धम्की दियो भने तत्कालै नजिकैको पुलिस थानामा सूचना दिनुहोस्।

विभिन्न राज्यका पुलिसले नागरिकहरूलाई एसआईआर फारम भर्ने प्रक्रियासित जोड़िएको एउटा नयाँ प्रकारको अनलाइन धोकाधड़ीप्रति सतर्क गराउँदै अपील गरेको छ, कुनै पनि स्थितिमा मोबाइल फोनमा आएको वान टाइम पासवर्ड अर्थात ओटीपीलाई कुनै अज्ञात व्यक्तिसित साझा नगरौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande