
जयपुर, 20 नोभेम्बर (हि.स.)। राजस्थानमा सिरेटोको प्रभाव यथावत छ। गए बुधवार माउण्ट आबुको तापमान फ्रिजिंग पोइन्टमा पुग्यो जसले गर्दा बिहीवार बिहान शितको थोपा हिउँमा परिणत भयो। तथापि अपरान्हसम्ममा घाम लागेको कारणले मानिसहरूले राहत महसूस गरे, तर कठ्याङ्ग्रिने जाड़ोको अनुभूति दिनभरि नै भइरह्यो। माउण्ट आबु लगायत फतेहपुर, नागौर, सिकर र दौसामा पनि औधी जाड़ो छ।
मौसम विशेषज्ञहरूको भनाइ छ, राज्यमा आगामी केही दिनसम्म मौसम शुष्क रहनेछ साथै तापमानमा कुनै पनि प्र
कारको परिवर्तन आउने सम्भावना छैन। यद्यपि शितलहरबाट मानिसहरूले राहत पाउनेछन्।
पछिल्लो 24 घण्टामा माउण्ट आबुपछि सबैभन्दा कम तापमान सिकरको रह्यो जहाँको पारा 5.5 डिग्री सेल्सियस रह्यो। नागौर, फतेहपुर, दौसा, जालौर औ सिरोही सहित अन्य कतिपय शहरहरूमा पनि न्यूनतम तापमान 6-8 डिग्री वरपर रह्यो। जयपुर, कोटा र उदयपुरमा तापमान अपेक्षाकृत अधिक रह्यो, तर बिहान-साँझको जाड़ो अहिले पनि कठ्याङ्ग्रिनै नै छ।
दिउँसो तापमानमा सामान्य वृद्धि देखियो। फतेहपुरमा अधिकतम तापमान 31 डिग्री सेल्सियससम्म पुग्यो भने सिकर, पिलानी, जोधपुर औ बिकानेरमा दिनको तापमान लगभग 29-31 डिग्रीबीच रह्यो। जैसलमेर र बाड़मेरमा तापमान 32 डिग्रीसम्म पुग्नाले हल्का गर्मी महसूस भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा