
गान्तोक, 28 नोभेम्बर (हि.स.)। म्याराथन म्यान अफ् सिक्किमको नामले प्रसिद्ध धावक अमर सुब्बा हैदराबादमा आयोजना हुने 'स्टेडियम रन 2025' मा भाग लिन आज हैदराबाद प्रस्थान भएका छन्। उक्त कार्यक्रम आगामी 29 नोभेम्बर सॉंझ 6 बजीदेखि शुरू हुनेछ र 30 नोभेम्बर सॉंझ 6 बजी (12 घण्टा) समापन हुनेछ।
यसपाली धावक सुब्बाले चौथो पटक 12 आवर स्टेडियम रनमा भाग लिइरहेका छन्। उनले पहिलोपल्ट 2014 मा दौड़को यस चुनौतीपूर्ण विधामा भाग लिॅंदै तेस्रो स्थान हासिल गरेका थिए। यसपछि, दोस्रो पटक 2022 मा स्टेडियम रनमा भाग लिए र दोस्रो स्थान हासिल गरे। यसैगरी, उनले आफ्नो करियरकै उत्कृष्ट प्रदर्शन गर्दै 2023 मा स्टेडियम रनमा पहिलो स्थान हासिल गरे।
धावक सुब्बाले यसपाली दुई वर्षको विश्रामपछि पुन: स्टेडियम रनमा भाग लिइरहेका छन्। यो दौड़ले अल्ट्रा रनिङप्रति उनको व्यक्तिगत लगावलाई मात्र प्रदर्शित गर्दैन, तर राष्ट्रिय मञ्चहरूमा सिक्किमको प्रतिनिधित्व गर्ने उनको प्रतिबद्धतालाई पनि प्रतिबिम्बित गर्दछ।
उनले भवन तथा आवास विभाग मन्त्री भीमहाङ लिम्बू, देन्ताम पर्यटन विकास समाज र जय लक्ष्मी इन्टरप्राइज, दरापप्रति समर्थनको लागि कृतज्ञता प्रकट गरेका छन्। धावक सुब्बालाई यस चुनौतीका लागि सिक्किमवासीहरूले शुभकामना दिएका छन्।
हिन्दुस्थान समाचार / बिशाल