
गान्तोक, 28 नोभेम्बर (हि.स.)। रिनाक निर्वाचन क्षेत्रबाट क्षेत्रीय राजनीतिक दलहरू त्यागेर तीन जना भारतीय जनता पार्टी (भाजपा) मा सामेल भएका छन्। प्रदेश भाजपाले रिनाकबाट लाल बहादुर छेत्री, सुमित छेत्री र सुदिप शर्मा पार्टीमा सामेल भएको आज एक प्रेस विज्ञप्तिमा दाबी गरेको छ।
प्रदेश भाजपा अध्यक्ष डीआर थापा, राज्य सचिव साङ्गे पल्जर, प्रवक्ता साङ्गे ग्याछो भोटिया, डीआर गिरी र अन्य नेतृत्वहरूको उपस्थितिमा आज उनीहरूलाई पार्टीमा सामेल गराइयो। विज्ञप्ति अनुसार, प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्व र पार्टीका विकास एजेन्डाहरूले आकर्षित बनेर धेरै युवाहरू भाजपामा सामेल बन्दै राज्यमा पार्टीको तृणमूलस्तरमा उपस्थितिलाई सुदृढ़ बनाइरहेका छन्।
हिन्दुस्थान समाचार / बिशाल