भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सिविटार प्रशाखा कमिटी गठन
Sivitar


खरसाङ, 28नोभेम्बर (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सिविटार चियाबारी अन्तर्गत तितिरी गाउँमा प्रशाखा कमिटी गठन गरिएको छ। उक्त प्रशाखा कमिटी गठनको लागि आज सिविटारको तितिरी गाउँमा बुथ कमिटीको सभापति राजेन्द्र प्रधानको अध्यक्षतामा सभा सम्पन्न भयो।

सभामा पञ्चायत समिति सदस्य एवं तीनधारे महानदी समष्टिका उप सभापति साथै महानदी ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीका सभापति कुसाङ लामा उपस्थित रहेका थिए‌। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सिविटारको 262 बुथ अन्तर्गत सिविटार तितिरी गाउँ प्रशाखा‌ कमिटी गठन गरियो। उक्त प्रशाखा कमिटीमा सभापति विवेक राई, उप सभापति रिकास राई, सचिव सदीप राई, सह सचिव बिर्जु तामाङ, सह कोषाध्यक्ष मिलन राई र कमल प्रधान, प्रचार प्रसार सचिव असीम प्रधान, सल्लाहकारमा राजेन्द्र प्रधान, सुमन प्रधान, आशिष प्रधान लगायत अन्य पदाधिकारीहरु चयन गरिएका छन्।

उक्त सभा र कमिटी गठन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै पञ्चायत सदस्य एवं बुथ कमिटीका सचिव राजीव तामाङ र समिति सदस्य कुसाङ लामाले पार्टी अध्यक्ष अनित थापा र तीनधारे महानदी समष्टि कमिटीको‌ निर्देशनमा‌ 262 नम्बर बुथ अन्तर्गत पर्ने सबै 9 वटै गाउँहरुमा प्रशाखा कमिटी गठन गरिने र पहिलो प्रशाखा‌ कमिटी गठन तितिरी गाउँमा भएको बताए। अब आगामी दिनमा सबै 9 वटा गाउँहरुमा नै प्रशाखा‌ कमिटीहरु गठन गरिने भएको उनीहरूले जानकारी गराएका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande