
गान्तोक, 3 नोभेम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किममा मानेबुङ देन्ताम निर्वाचन क्षेत्रबाट दुई जना सामेल भएको दाबी गरिएको छ। सीएपी अनुसार, आईआरबीबाट राजीनामा दिएका बुद्धहाङ लिम्बू र समाज सेवक डिक बहादुर पार्टीमा सामेल भएका छन्। उनीहरूलाई सीएपी अध्यक्ष गणेश कुमार राईले पार्टीमा स्वागत जनाए।
हिन्दुस्थान समाचार / बिशाल