राज्यपाल माथुरले केन्द्रिय मन्त्रीद्वय राजनाथ सिंह र जेपी नड्डासॅंग भेट गरे
राज्यपाल माथुरले केन्द्रिय मन्त्रीद्वय राजनाथ सिंह र जेपी नड्डासॅंग भेट गरे


गान्तोक, 3 नोभेम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले नयॉं दिल्लीमा केन्द्रिय रक्षामन्त्री राजनाथ सिंह र केन्द्रिय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री जेपी नड्डासॅंग शिष्टाचार भेट गरेका छन्। राज्यपालले आज केन्द्रिय मन्त्रीहरूसॅंग भेट गरेको राजभवनले जानकारी गराएको छ।

राज्यपाल माथुरले केन्द्रिय रक्षामन्त्री राजनाथ सिंहसॅंग शिष्टाचार भेट गर्दै सिक्किमका सीमावर्ती क्षेत्रहरूमा चलिरहेका विशेष योजनाहरूको बारेमा विस्तारपूर्वक चर्चा गरै। यसैगरी, उनले केन्द्रिय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री जेपी नड्डासॅंग भएको भेटमा सिक्किममा स्वास्थ्य क्षेत्रसॅंग सम्बन्धित विभिन्न योजना र गतिविधिहरूमाथि चर्चा गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande