
कोलकाता, 04 नोभेम्बर (हि.स.)। तृणमूल कंग्रेसकाराष्ट्रिय महासचिव अभिषेक ब्यनर्जीलेपश्चिम बंगालमा भइरहेको मतदाता सूचीको विशेषगहन पुनरीक्षण (एसआईआर)-लाई लिएर मंगलवार प्रधानमन्त्री नरेन्द्र मोदीमाथि चर्को प्रहार गरे। उनले आरोप लगाए, भाजपा नेतृत्वाधिन केन्द्र सरकारले एसआईआर प्रक्रियाको प्रयोग आम मतदाताहरूलाई“डराउने-धम्काउनेर अधिकारहरूदेखिवञ्चितगर्न”-को लागि गरिरहेको छ।
मध्य कोलकातामाआयोजित एक विशालऱ्यालीलाई सम्बोधन गर्दै अभिषेकले दाबी गरे, एसआईआरको डरले राज्यमा हाल सातजना मानिसहरूको मृत्यु भइसकेको छ। मृतकहरू सबै वैध मतदाता थिए र उनीहरूको परिवार पनि कार्यक्रममा उपस्थित थिए। उनले चेताउनी दिए, यदि केन्द्र सरकारले यस मुद्दामा जिम्मेवारी देखाएन भने तृणमूल कंग्रेसले दिल्लीको सड़कमा उत्रेर व्यापक स्तरमा विरोध प्रदर्शन गर्नेछ।
अभिषेकले प्रधानमन्त्रीमाथि मनमानी ढंगमा फसेला थोपरेको आरोप लगाउँदै भने, कहिले नोटबन्दी त कहिले नागरिकतासित सम्बन्धित दस्तावेज मागेर मोदीले आम तथा मध्यम वर्गलाई सताउँदै आएको छ। दिल्लीका जमीनदारहरूको अगाड़ि हामी झुक्नेवाला छैनौं।
उनले भाजपालाई पनि चुनौती दिँदै भने, मात्र दुई दिनको तयारीमा यति ठूलो भीड़ एकत्र हुनुले साबित गर्दछ कि पार्टीले दिल्लीमा धरना दियो भने यसको आकार कति विशाल हुनेछ।
यो ऱ्यालीबी. आर.अम्बेडकरकोप्रतिमा, रेड रोडदेखिशुरूभएर जोरासांको ठाकुरबाड़ीसम्म पुग्यो। एसआईआरलाई तृणमूलले “साइलेन्ट इनभिजिबल रिगिंग”-को संज्ञा दिएको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा