
उत्तर 24 परगना, 04 नोभेम्बर (हि.स.)। पश्चिम बंगालका फेरि अर्को प्रवासी श्रमिकको रहस्यमय परिस्थितिमा मृत्यु भएको खबर प्रकाशमा आएको छ। मुम्बईको रेलवे ट्र्याक नजिक संदिग्ध अवस्थामा श्रमिक मुस्तफा मिस्त्री (18)-को शव भेटिएको थियो। मंगलवार उनको शवलाई उनको घर सन्देशखाली (उत्तर 24 परगना)-मा ल्याइपुऱ्याइएको छ जहाँ सम्पूर्ण परिवारमा शोक व्याप्त भएको छ।
परिवारको आरोप छ, मुस्तफाको हत्या गरिएको हो। मृतकको शरीरमा चोटै-चोट छ। मुस्तफालाई बंगाली भाषा बोलेको कारणले कुटेरै माऱ्यो। घटनाको खबर पाउनसाथ पुलिस प्रशासनका अधिकार तथा स्थानीय तृणमूल कंग्रेसका नेता घटनास्थलमा पुगे।
प्राप्त जानकारी अनुसार मुस्तफा मिस्त्री उत्तर 24 परगना जिल्लाको सन्देशखाली थाना अन्तर्गत दुर्गामण्डप ग्राम पञ्चायतका निवासी थिए। तिनी छःमहिनाअघि मात्र रोजगारको खोजीमा मुम्बई गएका थिए। परिवारका सदस्यहरूले बताए, पछिल्लो दश दिनदेखिको उनीहरूको मुस्तफासित कुनै सम्पर्क हुन सकेको थिएन जसले गर्दा परिवारका सदस्यहरू चिन्तित थिए।
यसैबीच अचानक परिवारलाई यो सूचना प्राप्त भयो कि मुम्बईको रेल लाइन किनारमा घाइते अनि रगताम्मे अवस्थामा मुस्तफाको शव भेटिएको छ। पुलिसले तिनलाई अस्पतालमा पुऱ्यायो जहाँ डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। पीड़ित परिवारले मामिलाको निष्पक्ष जाँच गरी दोषीहरूलाई कड़ा कारबाही गर्ने माग गरेका छन्। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा