
गान्तोक, 4 नोभेम्बर (हि.स.)। भारत सरकारको विदेश मामिला मन्त्रालयकी निदेशक छितेन नोर्डन कार्ग्यालले आज सिक्किम विधानसभा अध्यक्ष मिङ्गमा नर्बु शेर्पासॅंग भेट गरिन्। निदेशक कार्ग्यालले आज विधानसभा सचिवालयमा अध्यक्ष शेर्पासॅंग भेट गरेकी हुन्।
सिक्किम विधानसभा सचिवालय अनुसार, छितेन नोर्डन कार्ग्याल, 2012 ब्याचकी अधिकारी, भारतीय विदेश सेवामा सामेल हुने पहिलो सिक्किमी महिला हुन्।
हिन्दुस्थान समाचार / बिशाल