चिया बानमा ड्रेनेज निर्माण कार्य शुरू, श्रमिकहरू हर्षित
चिया बानमा ड्रेनेज निर्माण कार्य शुरू, श्रमिकहरू हर्षित


सिलगढ़ी, 18 दिसम्बर (हि. स.)। नक्सलबाड़ीको मारापुर चिया बगानमा विगत लामो समयदेखिकै ड्रेनको व्यवस्था नभएको कारणले फोहोर पानी सड़कमाथि बगिरहेको थियो। यसबाट एकातिर सम्पूर्ण चिया बगान क्षेत्रमा दुर्गन्ध फैलिरहेको थियो भने अर्कोतिर बिमारीहरू हुने जोखिम पनि बढ़िरहेको थियो।

यस समस्यालाई लिएर चिया श्रमिकहरूले गत अगस्त महिनामा आमार पाड़ा, आमार समाधान' क्याम्पमा आवेदन गरेका थिए। आवेदन पश्चात प्रशासनको पहलमा ड्रेनेज निर्माण कार्य बिहीवारदेखि शुरू गरिएको छ।

ड्रेन निर्माण शुरू भएकोमा चिया श्रमिकहरू हर्षित भएका छन्। उनीहरूको मान्यता छ, ड्रेन बनिएपछि क्षेत्रको स्थितिमा सुधार आउनेछ र चिया बगानमा बिमारीहरूको प्रकोप पनि कम हुनेछ। मुख्यमन्त्रीको यस अभिनव परियोजना अन्तर्गत चिया श्रमिकहरूले आफै आफ्नो समस्यालाई सामु राखे जसपश्चात समाधानको दिशामा ठोस कदम उठाइयो।

पञ्चायत समितिका अध्यक्ष बताए, यो कार्य पूरा भए चिया श्रमिकहरूले ठूलो राहत पाउनेछन् र सम्पूर्ण क्षेत्रमा स्वच्छता व्यवस्थामा सुधार आउनेछ। यसै महिनाभित्रमा ड्रेन निर्माण कार्य पूरा हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande