
नोएडा, 18 दिसम्बर (हि.स.)। नोएडाको सेक्टर 68 स्थित कोचिङ सेन्टरबाट गाजियाबाद घर जाँदै गरेकी एक युवतीलाई क्याब चालकले दुर्व्यवहार गरेको आरोपमा पुलिसले आज बिहान कारबाही गर्दै आरोपीलाई पक्राउ गरेको छ। महिलाले क्याबबाट हाम फालेर आफ्नो ज्यान र इज्जत बचाएको बताएकी छन्।
पुलिस आयुक्त लक्ष्मी सिंहका मिडिया प्रभारी विजय कुमार गौतमले भने, गाजियाबाद निवासी युवती, जसले सेक्टर 68 मा एक कोचिङ सेन्टरमा पढ़ाउँछिन्, उनी राति घर फर्कन कोचिङ सेन्टरबाट क्याबमा चढ़ेकी थिइन्। क्याब चालकले अचानक दिशा परिवर्तन गऱ्यो। जब युवतीले विरोध गरिन् तब चालकले युवतीसित दुर्व्यवहार गऱ्यो साथै फोन खोस्न खोज्यो।
पुलिस अनुसार महिलाले चलिरहेको कारबाट हाम फालेकी थिइन्। महिलाको भाइले बुधवार फेज 3 थानामा उजुरी दर्ता गराएको थियो। आज बिहान पुलिसले क्याब चालक सौरभ कुमारलाई पक्राउ गरेको छ र उलाई अदालतमा पेश गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी