पुल मुनि मैला-कुचैलामा आगो लाग्यो, दमकलको तत्परतामा टऱ्यो दुर्घटना
पुल मुनि मैला-कुचैलामा आगो लाग्यो, दमकलको तत्परतामा टऱ्यो दुर्घटना


मेदिनीपुर, 18 दिसम्बर (हि. स.)। पूर्व मेदिनीपुर जिल्लाको मोयना थाना क्षेत्रमा बिहीवार बिहान लगभग 11 बलाइपंडा क्षेत्रमा पुल मुनि थुप्रिएको मैला-कुचैलामा अचानक आगो लाग्यो जसले गर्दा कोकोहोलो मचियो। आगो लागेपछि चारैतिर घना धुँवा देखिन थाल्यो। वरपरका मानिसहरू भयभित भए। घटनाको खबर फैलिनसाथ स्थानीय मानिसहरू ठूलो संख्यामा घटनास्थलमा भेला भए। घटनामा कुनै प्रकारको ज्यानहानि भएको समाचार छैन।

प्रत्यक्षदर्शीहरू अनुसार पुल मुनि विगत लामो समयदेखिकै थुप्रिएको मैला-कुचैलामा कुनै कारणवश आगो लाग्यो। बाक्लो धुँवाको कारणले सड़कमा आवागमन केही समयको लागि बाधित भयो। स्थितिलाई मध्यनजर गर्दै तुरून्त दमकल विभागलाई सूचित गरियो। केही क्षणमै दमकलको एउटा इञ्जिनले घटनास्थलमा पुगेर आगोलाई निभायो।

दमकल पुग्नअघि स्थानीय मानिसहरूले पनि पम्पिंग गरेको पानीले आगोलाई निभाउने प्रयास गरे। उनीहरूको सतर्कताको कारणले आगोलाई फैलिनदेखि रोकियो। दमकल कर्मीहरूले कठोर परिश्रम गरेर आगोलाई पूर्ण रूपले नियन्त्रण गरे।

धुँवाको कारणले केही समयसम्म क्षेत्रमा भय अनि असुविधाको स्थिति उत्पन्न भयो। दमकल र पुलिस विभाग आगलागीको कारण पत्तो लगाउन जाँचमा जुटेको छ। स्थानीय मानिसहरूले पुलमुनि मैला-कुचैला थुप्रिन नदिनको लागि नियमित सफाई गर्ने माग गरे ताकि भविष्यमा यस किसिमको घटनाको पुनरावृत्ति नहोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande