
पश्चिम मेदिनीपुर, 18 दिसम्बर (हि.स.)। जिल्लाको गड़बेता़ थाना अन्तर्गत खड़्कुशमा क्षेत्रमा आईएसएफ (इण्डियन सेक्युलर फ्रन्ट)- का अब्जर्भर रमजान अली खानमाथि बर्बर हमला गरिएको आरोप तृणमूलमाथि लागेको छ। यस घटनापछि क्षेत्रमा तनाउ फैलिएको छ। गम्भीर रूपमा घाइते रमजान अली खानलाई मेदिनीपुर मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरिएको छ जहाँ उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
प्राप्त जानकारी अनुसार गए बुधवार अबेर राती रमजान अली खानमाथि कथित रूपमा बाँस र लौरोले हमला गरियोष हमलामा उनको टाउकोमा गम्भीर चोट लागेको छ भने अत्यधिक रक्तश्राव भएको सूचना छ। स्थानीय मानिसहरूको सहयोगमा उनलाई पहिला नजिकैको स्वास्थ्य केन्द्रमा लगियो जहाँबाट उनको स्थिति बिग्रिएपछि मेदिनीपुर मेडिक कलेज एवं अस्पतालमा रेफर गरियो। आईएसएफ नेताहरूको आरोप छ, संगठनात्मक गतिविधि तथा पर्यवेक्षण कार्य अवधि तृणमूल समर्थकहरूले रमजान अली खानलाई बलजफ्ती तृणमूल पार्टी कार्यालयमा लगेर कुटपिट गरे। उनीहरूको दाबी छ, यो हमला पूर्ण रूपले सुनियोजित थियो।
आईएसएफको भनाइ छ, क्षेत्रमा पार्टीको बढ़्दो जनाधारदेखि डराएर विपक्षी दलहरूलाई दबाउने राजनीति अ्तर्गत यस हिंसालाई परिणाम दिइएको हो। घटनापछि आईएसएफ कार्यकर्ताहरूमा व्यापक आक्रोश व्याप्त भएको छ।
अर्कोतिर तृणमूल कंग्रेसले सबै आरपहरूलाई शिराबाटै खारेज गरेको छ। तृणमूल नेताहरूको भनाइ छ, पार्टीको यस घटनासित कुनै सम्बन्ध छैन र यो आपसी विवादको परिणाम हो।
पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेकोछ। क्षेत्रमा सम्भावित कुनै पनि अप्रिय घटनाको सामना गर्नको लागि सुरक्षाको ठोस व्यवस्था गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा