नक्कली औषधि र कस्मेटिक्समाथि ठूलो कारबाही, दुई पक्राउ
नक्कली औषधि र कस्मेटिक्समाथि ठूलो कारबाही, दुई पक्राउ


नयाँ दिल्ली, 22 दिसम्बर (हि.स.)। दिल्ली पुलिस अधिनस्थ क्राइम ब्राञ्चको साइबर सेल यूनिटले नक्कली औषधि तथा कस्मेटिक उत्पादहरूको आपूर्ति गर्ने दुईजना आरोपीहरूलाई पक्राउ गरेको छ। पुलिसले छापा क्राइम ब्राञ्चका पुलिस उपायुक्त आदित्य गौतमले सोमवार बताए, यसमारेर स्प्यूरियस (नक्कली) औषधि एवं कस्मेटिक्सको ऱ्यापर अनि प्याकेजिंग बक्स छाप्ने एक सक्रिय प्रिन्टिंग यूनिट जफत गरेको छ।

क्राइम ब्राञ्चका पुलिस उपायुक्त आदित्य गौतमले सोमवार बताए, यस मामिलामा पहिलाबाटै शम्री राम, गौरव भगत र परमोद कुमार गुप्तालाई नक्कली औषधिहरूको निर्माण एवं बिक्रीको आरोपमा पक्राउ गरिसकेको छ। अग्रिम जाँचमा यो खुलासा भयो, यी नक्कली औषधि र कस्मेटिक्स उत्पादहरूको लागि प्याकेजिंग सामग्रीको आपूर्ति एक प्रिन्टिंग यूनिटद्वारा गरिँदैथ्यो। अनुसन्धानको क्रममा पुलिसले रामा रोड, दिल्लीस्थित एक प्रिन्टिंग प्रेसमा छापा माऱ्यो। यहाँबाट ‘स्किन शाइन’ नामक नक्कली मलमको ऱ्यापर छाप्नको निम्ति प्रयोग गरिँदै आएको दुई वटा डाई फ्रेमलाई जफत गरियो। यसको साथै नक्कली औषधिहरूको प्याकेजिंग गर्ने सम्पूर्ण यूनिटको भण्डाफोर गरियो।

पुलिस उपायुक्त अनुसार पक्रा पर्ने पहिलो आरोपी बुराड़ी निवासी अनिल सिंह रावत (46)-ले रामा रोडस्थित प्रिन्टिंग प्रेस चलाउँदै आइरहेको थियो जहाँबाट नक्कली औषधिहरूको लागि ऱ्यापर र बक्स तयार गरी स-आरोपी शम्री रामलाई सप्लाई गरिन्थ्यो।

दोस्रो आरोपी राहुल अग्रवाल (31) नंगली मोड़, दिल्ली निवासी हो। उसले शम्री रामको निर्देशमा उक्त प्रिन्टिंग प्रेसलाई नक्कली औषधिहरूको प्याकेजिंगको अर्डर दिन्थ्यो। पुलिसको भनाइ छ, यस गिरोहको पछाड़ि तथा अगाड़िको सबै लिंकहरूको जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande