
हावड़ा, 22 दिसम्बर (हि. स.)। जिल्लाको आमतामा जयपुरको झामटिया क्षेत्रस्थित साउड़िया गाउँमा गए आइतवार अबेर राति एउटा घरमा अचानक आलगागी भयो। यस घटनामा एउटै परिवारका चार जना सदस्यहरूको जलेर मृत्यु भयो। मृतकहरूमा नवौं कक्षामा अध्ययनरत एक जना छात्रा पनि सामेल छे। मृतकहरूको पहिचान भारु दलुई (80), दुधकुमार दलुई (45), रत्ना दलुई (35) औ शम्पा दलुई (15)- को रूपमा भएको छ।
सोमवार बिहान स्थानीय मानिसहरूले बताए, दुधकुमार दलुईको एकजना छोरा पनि छ जो राज्य बाहिर अन्य राज्यमा श्रमिकको काम गर्छ र घटना हुँदा उ घरमा थिएन।
स्थानीय सूत्र अनुसार गए आइतवार अबेर राति अचानक घरभित्र आगो बलिरहेको देखियो। घरका चारै जना सदस्यहरू घरभित्रै फसे,उनीहरूले बाहिर निक्लिने मौका नै पाएनन्। स्थानीयहरूले पुलिसलाई सूचना दिए। सूचना पाएर घटनास्थलमा आएका दमकल वाहनहरूले लगभग एक घण्टा कड़ा परिश्रम आगोलाई नियन्त्रण गरे।
प्राप्त जानकारी अनुसार आगो निभाइसकेपछि घरभित्र एउटै परिवारका चार जना सदस्यहरूको शव भेटियो। पुलिसले शवहरूलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। हाल आगलागीको कारण पत्तो लगाउन जाँच शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा