
नयाँ दिल्ली, 22 दिसम्बर (हि.स.)। बंगलादेशमा अल्पसंख्यकहरूमाथि भइरहेको हमलाको विरोधमा देशमा आक्रोश व्याप्त भएको छ। त्यसैले हिन्दू संगठनले आफ्नो विरोध दर्ता गराउनको लागि बंगलादेश उच्चायोग सामु प्रदर्शन गरिरहेको छ। यसै क्रममा आज विश्व हिन्दू परिषद तथा बजरंग दलले प्रदर्शन गरिरहेको छ। यसलाई मध्यनजर गर्दै नयाँ दिल्लीस्थित बंगलादेश उच्चायोगको सुरक्षालाई अझ कड़ा बनाइएको छ।
पुलिसका एकजना वरिष्ठ अधिकारीले बताए, बंगलादेश उच्चायोगको सुरक्षा व्यवस्थालाई गत बिहीवार रातीदेखि नै मजबुत बनाइएको छ।
बंगलादेशमा भारत विरोधी नेता शरिफ उस्मान हादीको हत्या भएपछि देशमा विरोध प्रदर्शन जारी छ। यसै अवधि भारतीय उच्चायोग सहित केही प्रतिष्छान अनि मीडियालाई लक्षित गरिएको छ। यस्ता प्रदर्शनहरूमा लगातार हिन्दू एवं अन्य अल्पसंख्यक कट्टरपन्थीहरूलाई लक्षित गरिँदैछ। भारतमा यसलाई लिएर रोष फैलिएको छ। विश्व हिन्दू परिषद (विहिप) र बजरंग दलले मंगलवार बिहान 11 बजे बंगलादेश उच्चायोग बाहिर विरोध प्रदर्शन गर्नेछ।
दिल्ली पुलिसका एकजना वरिष्ठ अधिकारीले भने, बंगलादेशको स्थितिलाई मध्यनजर गर्दै सतर्कताको रूपमा नयाँ दिल्लीस्थित बंगलादेश उच्चायोग वरपर सुरक्षा बढ़ाइएको छ। उनले स्पष्ट पारे, कानून व्यवस्थासित कुनै पनि प्रकारको सम्झौता गरिनेछैन। कसैलाई पनि शान्ति भंग गर्ने अनुमति दिइनेछैन। हाल हाई कमिशन परिसर सहित वरपर अतिरिक्त पुलिस बललाई तैनाथ गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा