
गुवाहाटी, 22 दिसम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले प्रधानमन्त्रीको असम यात्रा औ शहीद स्मारकमा श्रद्धाञ्जलीसित सम्बन्धित कंग्रेसको आलोचनामाथि तीव्र प्रतिक्रिया व्यक्त गरेका छन्। मुख्यमन्त्रीले एक कार्यक्रममा सामेल भएपछि पत्रकारहरूसित बातचित गर्दै भनेए प्रधानमन्त्रीद्वारा शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण गरिनु गर्वको कुरा हो, तर यो कुरा कंग्रेसलाई अपच्य भइरहेको छ।
मुख्यमन्त्रीले आरोप लगाए, कंग्रेस नै 880 जना शहीदहरूको हत्या रहेको छ, त्यसैले यस श्रद्धाञ्जलीबाट उसलाई असहज महसूस भइरहेको छ। उनले भने, प्रधानमन्त्रीको असम यात्रालाई लिएर कंग्रेसले गरिरहेको आलोचना दुर्भाग्यपूर्ण छ जसले पार्टीको मानसिकतालाई दर्शाउँछ। डा. सरमाले स्पष्ट पारे, शहीदहरूको सम्मान गर्नु सारा देशको कर्तव्य हो र यसमाथि राजनीति गर्नु हुँदैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा