
नयाँ दिल्ली, 22 दिसम्बर (हि.स.)। बाहिरी उत्तरी जिल्लाको नरेला औद्योगिक क्षेत्रस्थित जे-3079 मा गए आइतवार अबेर राती एक जुत्ता फ्याक्ट्रीमा अचानक आगो लाग्यो। घटनाको सूचना पाउनसाथ स्थानीय पुलिस एवं दमकल विभागका केही वाहनहरू घटनास्थलमा आइपुगे अनि चार घण्टासम्म कड़ा परिश्रम गरेर आगोलाई नियन्त्रण गरे। घटनामा कुनै प्रकारको ज्यानहानि भएको खबर छैन। हाल पुलिसले आगलागीको कारण पत्तो लगाउन जाँच गरिरहेको छ।
दमकल विभागका प्रवक्ता एके मलिकले साेमवार बताए, दमकल कन्ट्रोल रूमलाई राती लगभग 10:58 बजे सूचना प्राप्त भयो कि नरेला औद्योगिक क्षेत्रस्थित हरिश्चचन्द्र रोड नजिक एउटा जुत्ता फ्याक्ट्रीमा आगो लागेको छ। सूचना पाएपछि शुरूमा पाँच वटा वाहनलाई घटनास्थलमा पठाइयो। फ्याक्ट्रीमा जुत्ता एवं प्लास्टिक अधिक भएको कारणले आगो द्रूत गतिमा फैलियो। आगोको गम्भीरतालाई ध्यानमा राखेर क्षणभरमै थप संसाधनहरूको माग गरियो। राती 11:05 बजे आगोलाई मेक-4 (ठूलो) घोषित गरियो। त्यसपछि दमकलका थप 12 वटा वाहनहरूलाई घटनास्थलमा पठाइयो।
दमकल अधिकारीले बताए, आगो फ्याक्ट्रीभित्रका मशिन, जुत्ताको कार्टन तथा तयार भइसकेका जुत्ताहरूमा फैलिएको थियो। फ्याक्ट्रीको भवन बेसमेन्ट, ग्राउण्ड फ्लोर गरी दुई तले थियो जसको क्षेत्रफल लगभग 150 वर्ग गज थियो। आगो द्रूत गतिमा फैलिएको कारणले घना धुँवा र आगोका ज्वालाहरू टाड़ैबाट देखिँदैथ्यो। दमकलकर्मीहरूले कड़ा परिश्रन गरेर राती 2:30 बजे आगोलाई नियन्त्रण गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा