एसआईआरबीच वर्षको अन्तिम राजनीतिक सभा, 30 दिसम्बरमा बड़जोड़ा आउनेछन् ममता
एसआईआरबीच वर्षको अन्तिम राजनीतिक सभा, 30 दिसम्बरमा बड़जोड़ा आउनेछन् ममता


कोलकाता, 22 दिसम्बर (हि. स.)। पश्चिम बंगालमा मतदाता सूचीको विशेष गहन पुनरीक्षणको प्रक्रियाबीच तृणमूल कंग्रेसले वर्षको अन्तमा ठूलो राजनीतिक सभा आयोजना गर्ने फसेला लिएको छ। तृणमूल सुप्रीमो तथा मुख्यमन्त्री ममता ब्यानर्जीको आगामी 30 दिसम्बरको दिन बाँकुड़ा जिल्लाको बड़जोड़ा कलेज मैदानमा जनसभा आयोजना भइरहेको छ।

तृणमूल कंग्रेसका एक जना वरिष्ठ नेता मुताविक यदि सबैकुरा तय कार्यक्रम अनुरूप भयो भने यो सभा वर्षको अन्तिम विराट राजनीतिक सभा हुनेछ। तथापि यस भ्रमणावधि मुख्यमन्त्री कुनै प्रशासनिक बैठकमा सामेल हुनेछन् कि छैनन् कुनै स्पष्ट जानकारी छैन।

मुख्यमन्त्रीको यस प्रस्तावित सभालाई लिएर बाँकुड़ा जिल्ला तृणमूलमा विशेष उत्साह देखिँदैछ। जिल्ला नेतृत्व अनुसार कार्यक्रमको तयारी शुरू भइसकेको छ। सोमवार यस सम्बन्धमा एक महत्वपूर्ण बैठक सम्पन्न भयो। पार्टीको लक्ष्य यस जनसभामा भारी जनसमर्थन जुटाउनु हो।

बड़जोड़ा क्षेत्र विष्णुपुर लोकसभा सीट अन्तर्गत पर्दछ। पछिल्लो लोकसभा चुनाउमा यस सीटमा तृणमूललाई मात्र 5 हजार भोटको अन्तरमा हारको सामना गर्नु परेको थियो। त्यसैले आगामी विधानसभा चुनाउपूर्व यस लोकसभा क्षेत्र अधिनस्थ सबै विधानसभा सीटहरूमा संगठनलाई सुदृढ़ बनाउने रणनीतिमाथि काम गरिँदैछ।

अर्कोतिर आगामी एक जनवरी, तृणमूल कंग्रेसको स्थापना दिवस पनि हो। विधानसभा चुनाउ नजिकै रहेको कारणले यसपालि स्थापना दिवसको राजनीतिक महत्व अझ बढ़ेर गएको छ।

पार्टीका एकजना वरिष्ठ नेताको भनाइ छ, बड़जोड़ाको सभाबाटै मुख्यमन्त्री ममता ब्यानर्जीले आगामी चुनावी संघर्षको रूपरेखा तथा राजनीतिक सन्देश स्पष्ट रूपमा राख्न सक्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande