पक्की सड़क निर्माणको विधायकले राखे आधारशिला
पक्की सड़क निर्माणको विधायकले राखे आधारशिला


जलपाईगुड़ी, 22 दिसम्बर (हि. स.)। जिल्लाको राजगञ्ज ब्लक अन्तर्गत सुखानी पञ्चायत क्षेत्रमा नयाँ पक्की सड़कको निर्माणहेतू शिलान्यास विधायक खगेश्वर रायले गरे। सोमवार धनदीपाड़ा मस्जिददेखि भोलापाड़ा पीडब्ल्यूडी रोडसम्म लगभग डेढ़ किलोमीटर लामो सड़कको आधारशिला राखियो।

प्राप्त जानकारी अनुसार पश्चिम बंगाल सरकारको पञ्चायत एवं ग्रामीण विकास विभागको आर्थिक सहायताबाट लगभग 84 लाख रुपियाँको लागतमा यस सड़कको निर्माण गरिनेछ।

यस अवसरमा विधायक खगेश्वर रायले भने, क्षेत्रका मानिसहरूको दीर्घकालीक माग आज पूरा भएको छ। उनले बताए, यो सड़क निर्माण भए वरपरका गाउँका मानिसहरूलाई सुविधा हुनेछ।

शिलान्यास कार्यक्रममा विधायक खगेश्वर राय सहित राजगञ्ज ब्लक तृणमूल कंग्रेसका अध्यक्ष अरिन्दम ब्यनर्जी, तृणमूलको श्रमिक संगठनका ब्लक अध्यक्ष शेख उमर फारूक, अञ्चल अध्यक्ष इजराइल हक सहित अन्य गणमान्य मानिसहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande