
कोलकाता, 22 दिसम्बर (हि. स.)। सन्थाली भाषा दिवसको अवसरमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले सोमवार सोशल मीडिया मञ्च एक्स (पूर्वमा ट्विटर)- पोस्ट साझा गर्दै सबै सन्थाली समुदायलाई शुभकामना एवं बधाई दिइन्। उनले सन्थाली भाषाको लागि लामो समयसम्म संघर्ष गर्ने भाषाप्रेमी आन्दोलनकारीहरूप्रति पनि सम्मान व्यक्त गरिन्।
मुख्यमन्त्रीले भनिन्, यो गर्वको कुरा हो कि उनको सरकारको कार्यकालमा सन्थाली भाषालाई सरकारी भाषाको दर्जा प्राप्त भयो। साथै सन्थाली भाषालाई डब्ल्यूबीसीएस परीक्षामा वैकल्पिक विषयको रूपमा सामेल गरिएको छ। ओलचिकी लिपिमा पाठ्यपुस्तक औ सन्थालीमा त्रिभाषिक शब्दकोश प्रकाशित गरिएको छ। सन्थाली भाषामा पढ़ाईको लागि नयाँ स्कूल पनि खोलिएको छ।
ममता ब्यनर्जीले आफ्नो पोस्टमा यो पनि भनिन्, सन्थालीसँगसँगै कुरुख, कुड़माली, नेपाली, हिन्दी, उर्दु, राजबंशी, कामतापुरी, ओड़िया, पञ्जाबी औ तेलुगु भाषाहरूलाई पनि राज्यमा सरकारी मान्यता दिइएको छ। यस अतिरिक्त सादरी भाषाको विकासको लागि पनि सरकार प्रयासरत छ।
मुख्यमन्त्रीले दाबी गरिन्, बितेको साढ़े चौध वर्षमा सन्थाली समुदाय सहित सबै आदिवासीहरूको विकासको लागि केही महत्वपूर्ण कदम उठाइएको छ। आदिवासी विकासको लागि अलग विभाग गठन गरिएको छ भने वरष 2011-को तुलनामा यस विभागको बजेटलाई सात गुणाअधिक बढ़ाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा