
कोलकाता, 22 दिसम्बर (हि. स.)। महान गणितज्ञ श्रीनिवास रामानुजनको जयन्तीको अवसरमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले सोमवार सोशल मीडिया मञ्च एक्स (पूर्वमा ट्विटर)-मा उनलाई श्रद्धाञ्जली अर्पण गरिन्।
आफ्नो पोस्टमा ममता ब्यनर्जीले रामानुजनलाई यस्ता विलक्ष प्रतिभा बताइन्, जसले गणितका सीमाहरूलाई नयाँ शिराबाट परिभाषित गरे। उनले भनिन्, श्रीनिवास रामानुजको योगदानले आज पनि सारा दुनियाँका गणितज्ञ एवं शोधकर्ताहरूलाई प्रेरित गर्दछ।
मुख्यमन्त्रीले उनको जन्मदिवसमा उनलाई स्मरण गर्दै उनको अद्वितीय कार्य एवं विरासतलाई नमन गरिन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा