तीनधारेमा एक छ्या ञ्युङ्नेको समापन
Tindharia


खरसाङ, 22 दिसम्बर (हि.स.)। तीनधारेको राजबारीस्थित साम्तेन छ्योलिङ म्हाणी ल्हाखाङमा एक छ्या ञ्युङ्नेको समापन कार्यक्रम (वाङ) मा आमन्त्रित धर्म गुरु लामा ल्हाक्पा बम्जन तामाङ म्हेमेको हातबाट वाङ वितरण गरिएको छ। उक्त ञ्युङ्नेको समापन कार्यक्रममा भाग लिने कतिपय ञ्युङ्नेपाहरुले आफ्ना अनुभवहरु साझा गरेका थिए।

यसरी नै म्हाणीपा संघका सदस्य छ्वाङ बम्जनले आर्थिक अनि शारीरिक रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। संघका कोषाध्यक्षा शान्ति योञ्जन तामाङले पनि आफ्नो यसपाली साना साना नानीहरूले भाग लिएकोमा खुशी व्यक्त गर्दै आउने दिनहरूमा पनि यसरी नै धर्मको कार्यमा रुचि राख्दै अघि बढ्ने सुझाउ दिएका छन्। म्हाणीपा संघ तीनधारेका सदस्य दावा रिन्छेन तामाङले अनुष्ठानमा सहभागी बनेका सबैप्रति आभार प्रकट गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande