शारदामणि हाई स्कूलमा माँ शारदाको 173औं जयन्ती पालन
शारदामणि हाई स्कूलमा माँ शारदाको 173औं जयन्ती पालन


जलपाईगुड़ी, 22 दिसम्बर (हि. स.)। जिल्लाको राजगञ्ज ब्लक अन्तर्गत फाटापुकुरस्थित शारदामणि हाई स्कूलमा माँ शारदाको 173औं जयन्ती धार्मिक श्रद्धा, भक्ति एवं उत्साहको साथमा मनाइयो। सोमवार बिहान विद्यालय परिसरमा माँ शारदाको प्रतिमामा माल्यार्पण एवं पुष्पाञ्जली अर्पण गरी कार्यक्रमको शुभारम्भ राजगञ्जका विधायक खगेश्वर रायले गरे।

यस अवसरमा विद्यालयका प्रमुख संस्थापक स्वामी निवेदानन्द महाराजको नवनिर्मित प्रतिमाको पनि औपचारिक उद्घाटन गरियो। त्यसपछि दीप प्रज्जवलनसितै दिनभरि चल्ने कार्यक्रमहरूको शुरूआत भयो।

कार्यक्रम अवधि माँ शारदाको जीवन र आदर्शमाथि चर्चा, प्रार्थना सभा एवं सांस्कृतिक कार्यक्रमहरू आयोजना गरियो जसमा विद्यार्थी एवं शिक्षकहरूले सक्रिय रूपमा भाग लिए।

कार्यक्रममा ब्लक विकास अधिकारी (बीडीओ) प्रशान्त बर्मन, विद्यालयका प्रधानाध्यापक डा. सुमन्त बागची, विद्यालय प्रबन्धन समितिका सदस्य, शिक्षक-शिक्षिकाहरू तथा स्थानीय गणमान्य व्यक्तिहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande