सशस्त्र अपराधीहरूले दुई युवकलाई कुटे
सशस्त्र अपराधीहरूले दुई युवकलाई कुटे


नोएडा, 26 दिसम्बर (हि.स.)। उत्तर प्रदेशको गौतम बुद्ध नगर जिल्लामा सेक्टर 113 क्षेत्रको सोरखा पुस्ता निकट सशस्त्र अपराधीहरूले एक युवक र उनका साथीलाई कुटे र उनीहरूको मोटरसाइकल, मोबाइल फोन र नगदी लुटे। पीड़ितले घटनाको बारेमा पुलिससित शिकायत गरेको छ।

सोरखा गाउँका निवासी आशिष कुमार झाले 10 दिन अगाड़ी रोजा जलालपुर गाउँ नजिकैको एक कम्पनीमा काममा लागेको बताएका छन्। पीड़ित अनुसार, उनी कारखानामा काम सकेर हिजो राति आफ्नो साथी सन्नीसँग मोटरसाइकलमा घर फर्किरहेका थिए। जब उनीहरू सोरखा पुस्त नजिक पुगे, अज्ञात सशस्त्र अपराधीहरूले उनीहरूलाई रोके। अपराधीहरूले उनी र उनका साथीलाई कुटे र उनीहरूबाट दुई वटा बहुमूल्य मोबाइल फोन, उनीहरूको मोटरसाइकल, वलेट र नगदी लुटे। अपराधीहरूले हावामा गोली चलाए, जसबाट उनीहरू डराए। पीड़ितले घटनाबारे पुलिसलाई जानकारी गराएका छन्। थाना सेक्टर 113 प्रभारी निरीक्षक कृष्ण गोपाल शर्माले पुलिसले चोरीको उजुरी दर्ता गरेको र घटनाको अनुसन्धान भइरहेको बताएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande