
खड़गपुर, 26 दिसम्बर (हि. स.)। खड़गपुर आईआईटी ब्रिज निकट शुक्रवार अपरान्ह चीनद्वारा निर्मित नायलन धागो (चीनीयाँ मञ्झा)-को कारणले एक गम्भीर दुर्घटना हुँदाहुँदै टऱ्यो। आफ्नो घर तर्फ गइरेको बाइक सवार अचानक उड़िरहेको चङ्गाको मञ्झाको चपेटमा पऱ्यो। मञ्झा अत्यन्त पातलो भएको कारणले देखिएन जसले गर्दा बाइक सवारले आफ्नो सन्तुलन गुमायो अनि दुर्घटनाको शिकार बन्न पुग्यो।
यस दुर्घटनामा चीनीयाँ मञ्झाले उक्त व्यक्तिको नाकमा गहिरो चोट लागेको छ। घटनास्थलमा उपस्थित स्थानीय मानिसहरूले तत्परता देखाउँदै घाइते व्यक्तिलाई तुरून्तै खड़गपुर महकमा अस्पतालमा पुऱ्याए जहाँ उसको उपचार भइरहेको छ। डास्टरहरू अनुसार समयमै उपचार भएकोले ठूलो खतरा टरेको छ।
प्रत्यक्षदर्शीहरूको भनाइ छ, सड़कदेखि माथि फैलिएको नायलन मञ्झा बटुवा एवं वाहन चालकहरूको निम्ति लगातार खतरा बन्दै गइरहेको छ। यसप्रकारको घटना पहिला पनि भइसकेको छ। घटनापछि स्थानीय मानिसहरूले चीनीयाँ मञ्झालाई खतरनाक बताउँदै यसलाई उपयोगमाथि रोक लगाउने माग गरेका छन्। साथै प्रशासन र समाजका मानिसहरूले अभिभावकहरूसित पनि अपील गरेका छन्, उनीहरूले आफ्ना नानीहरूलाई चङ्गा उड़ाउनको लागि चीनीयाँ नायलन धागो प्रयोग गर्न नदिउन् ताकि भविष्यमा यस्तो दुर्घटनादेखि बच्न सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा