दिल्ली विधानसभाको शीतकालीन सत्र पाँच जनवरीदेखि
दिल्ली विधानसभाको शीतकालीन सत्र पाँच जनवरीदेखि


नयाँ दिल्ली, 26 दिसम्बर (हि.स.)। दिल्ली विधानसभाको शीतकालीन सत्र (चतुर्थ सत्र) आगामी 5 जनवरीदेखि शुरू हुनेछ। दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेनाले शुक्रवार एक आदेश जारी गरी विधानसभा सत्र बोलाउने आदेश दिए।

शीतकालीन सत्र आगामी 5 जनवरीको अपरान्ह 2 बजेदेकि शुरू हुनेछ। यसपूर्व दिल्ली विधानसभाका अध्यक्ष विजेन्द्र गुप्ताले आज विधानसबा परिसरमा संवाददाता सम्मेलनमा पनि यस आशयको जानकारी दिए। आगामी 5 जनवरीको दिन दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेनाले दिल्ली विधानसभालाई सम्बोधन गर्नेछन्। यस सत्रमा भारतका नियन्त्रणक एवं महालेखापरीक्षक (सीएजी)- को पाँच वटा रिपोर्ट्सलाई टेबलमा राखिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande