बंगलादेशको सोनाली ब्यांकविरूद्ध सिलगढ़ीमा प्रदर्शन
बंगलादेशको सोनाली ब्यांकविरूद्ध सिलगढ़ीमा प्रदर्शन


सिलगढ़ी, 26 दिसम्बर (हि. स.)। सिलगढ़ीमा भिजा कार्यालयलाई बन्द गराएपछि अब बंगलादेशको सोनाली ब्यांकलाई लिएर फेरि एकपटक आन्दोलन तीव्र भएको छ। बंगीलय हिन्दू महामञ्चले सिलगढ़ीको पानीट्याङ्की मोड़स्थित बंगलादेशी सोनाली ब्यांकको विरोधमा शुक्रवार अभियानको आह्वान गऱ्यो।

महामञ्चका कार्यकर्ताहरूले पाकुड़तला मोड़देखि जुलूस निकालेर पानीट्याङ्की मोड़ पुगे। सोनाली ब्यांक सामु भारी संख्यामा पुलिस बललाई तैनाथ गरिएको थियो। यस अवधि पुलिस अनि महामञ्चका कार्यकर्ताहरूबीच ठेलम-ठेल पनि भयो। प्रदर्शनकारीहरूले ब्यांक सामु यूनुसको पुतला दहन गरे।

यस अवसरमा बंंगीय हिन्दू महामञ्चको सल्लाहकार समितिका सदस्य विक्रमादित्य मण्डलले भने, आज पुलिसले सोनाली ब्यांकलाई सुरक्षा दिएको छ, तर यसरी हामी हात बाँधेर बस्नेछैनौं। जबसम्म बंगलादेशमा हिन्दुहरूको सुरक्षा सुनिश्चित हुँदैन तबसम्म हामी यो आन्दोलनलाई लगातार जारी राख्नेछौं। हामीले विभिन्न चिकित्सा केन्द्रहरूमा पनि गएर आवेदन गरेका छौं। उनीहरूलाई कुनै पनि प्रकारको सुविधा दिइनु हुँदैन। घटनालाई लिएर क्षेत्रमा तनाउ फैलिएको छ। तथापि भारी मात्रामा पुलिस बललाई तैनाथ गरिएको कारणले स्तिति नियन्त्रणमा छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande