विशेष ट्रेनहरूको संचालन अवधि बढ़्यो, यात्रीहरूलाई राहत
विशेष ट्रेनहरूको संचालन अवधि बढ़्यो, यात्रीहरूलाई राहत


कोलकाता, 27 दिसम्बर (हि.स.)। यात्रीहरूको बढ़्दो मागलाई मध्यनजर गर्दै दक्षिण पूर्व रेलवेले केही विशेष ट्रेनहरूको संचालन अवधिलाई बढ़ाउने निर्णय लिएको छ। रेलवे द्वारा जारी अधिसूचना अनुसार विभिन्न मार्गहरूमा परिचालित 16 वटा विशेष ट्रेनहरूको संचालन आगामी जनवरी, 2026-देखि फरवरी, 2026-सम्म अलग-अलग तिथिहरूमा जारी रहनेछ।

रेलवे अनुसार 01 जनवरी, 2026-देखि शालीमार–भंजनपुर विशेष (08007) औ भंजनपुर–पुरी विशेष (08011) ट्रेन 28 फरवरी, 2026 सम्म चल्नेछ। 3 जनवरी, 2026-देखि भंजनपुर–शालीमार विशेष (08008) औ सन्तरागाछी–दिघा विशेष (02847)- को संचालन पनि फरवरीको अन्तसम्म जारी रहनेछ।

यस अतिरिक्त 4 जनवरी, 2026-देखि शालीमार–पुरी विशेष (02839), सन्तरागाछी–दिघा विशेष (02897) र दिघा–सन्तरागाछी विशेष (02898) ट्रेनहरूको अवधि बढ़ाइएको छ। पुरी–शालीमार विशेष (02840) 5 जनवरी, 2026-देखि तथा पुरी–भंजनपुर विशेष (08012) 2 जनवरी, 2026-देखि संचालन हुनेछ।

यसरी नै दक्षिण भारत तथा उत्तर भारतलाई जोड़्ने विशेष ट्रेनहरूको पनि विस्तार गरिएको छ। शालीमार–एमजीआर चेन्नई सेन्ट्रल विशेष (02841) 5 जनवरीदेखि 26 जनवरी, 2026 सम्म जबकि एमजीआर चेन्नई सेन्ट्रल–शालीमार विशेष (02842) 7 जनवरीदेखि 28 जनवरी, 2026 सम्म चल्नेछ। सन्तरागाछी–येलहंका विशेष (02863) 01-देखि 15 जनवरी, 2026 औ येलहंका–सन्तरागाछी विशेष (02864) 3-देखि 17 जनवरी, 2026 सम्म संचालन हुनेछ।

सन्तरागाछी–अजमेर विशेष (08611) 5 जनवरीदेखि 23 फरवरी, 2026 औ अजमेर–सन्तरागाछी विशेष (08612) 08 जनवरीदेखि 26 फरवरी, 2026 सम्म यात्रीहरूको सेवामा उपस्थित रहनेछ।

दक्षिण-पूर्व रेलवेका अधिकारीले बताए,, यो निर्णय नयाँ वर्ष, चाड़-पर्व एवं पर्यटन मौसमलाई ध्यानमा राखेर गरिएको हो ताकि यात्रहरूलाई सुगम र सुरक्षित यात्राको सुविधा प्राप्त होस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande