ओडिशामा प्रवासी बंगाली श्रमिकको हत्यामा ममताले भनिन्-बंगालमा जीरो एफआईआर दर्ता गरी भइरहेको छ जाँच
ओडिशामा प्रवासी बंगाली श्रमिकको हत्यामा ममताले भनिन्-बंगालमा जीरो एफआईआर दर्ता गरी भइरहेको छ जाँच


कोलकाता, 27 दिसम्बर (हि.स.)। ओडिशामा भएको एकजना प्रवासी बंगाली श्रमिकको हत्याको मामिलामा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले कड़ा कदम उठाएकी छन्। उनले भनिन्, यस घटनामा जीरो प्राथमिकी दर्ता गरी जाँचको लागि पश्चिम बंगाल पुलिसको एक टीमलाई ओडिशामा पठाइएको छ।

मुख्यमन्त्रीले बताइन्, मृतकको पहिचान 30 वर्षीय ज्वेल रानाको रूपमा भएको छ जो पश्चिम बंगालको मुर्शिदाबाद जिल्लाको जंगीपुर क्षेत्रका निवासी थिए। बुधवार संबलपुर जिल्लामा बीड़ीलाई लिएर भएको विवाद पश्चात उसको कथित रूपमा कुटेरै हत्या गरियो।

ममता ब्यनर्जीले भनिन्, यस मामिलामा सुती थानामा जीरो प्राथमिकी दर्ता गरिएको छ भने अहिलेसम्ममा छःजना आरोपीहरूलाई पक्राउ गरिसकिएको छ। उनले स्पष्ट पारिन्, जीरो प्राथमिकी त्यो प्रक्रिया हो जसमा अपराधविरूद्ध कुनै पनि थानामा मामिला दर्ता गरी तुरून्तै जाँच शुरू गर्न सकिन्छ। पछि मुद्दा सम्बन्धित क्षेत्रको थानामा स्थानान्तरण गरिन्छ।

मुख्यमवित्रीले ओडिशा सहित भारतीय जनता पार्टी (भाजपा) शासित राज्यहरूमा बंगाली भाषी मानिसहरूमाथि अत्याचार भइरहेको आरोप लगाउँदै भनिन्, यो अत्यन्त निन्दनीय छ। उनले भनिन्, बंगाली भाषा बोल्नु कहिल्यै पनि अपराध हुनसक्दैन।

ममता ब्यनर्जीले दाबी गरिन्, मुर्शिदाबादको मुस्लिम बहुल क्षेत्रबाट ओडिशामा काम गर्न गएका प्रवासी मजदुरहरू अब भयभित भएर घर फर्किरहेका छन्। उनले भनिन्, संबलपुरको घटनापछि क्षेत्रमा भय व्याप्त भएको छ।

मुख्यमन्त्रीले अझ भनिन्, राज्य सरकार यस दुःखदायी घटनाबाट प्रभावित परिवारको साथमा छ र मृतकको परिवारलाई आर्थिक सहायता दिइनेछ। उनले दोहोऱ्याइन्, पश्चिम बंगाल सरकारले पीड़ित परिवारलाई हरसम्भव सहयोग गर्नेछ अनि दोषीहरूविरूद्घ कड़ा कारबाही सुनिश्चित गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande