साइबर ठगीको खुलासा, चेन्नईबाट आरोपी पक्राउ
साइबर ठगीको खुलासा, चेन्नईबाट आरोपी पक्राउ


कोलकाता, 27 दिसम्बर (हि.स.)। पश्चिम बंगाल पुलिसले साइबर ठगीको एक ठूलो मामिलाको खुलासा गर्दै चेन्नईबाट एक आरोपीलाई पक्राउ गरेको छ। आरोपीमाथि कोलकाताको एक निजी अस्पतालसित करोड़ौं रुपियाँ ठगी गरेको आरोप छ। पुलिसले सिकन्दर बच्चा भनेर चिनिने अभियुक्तलाई चेन्नईमा पक्राउ गरी ट्रान्जिट रिमान्डमा विधाननगर थानामा ल्याएको बताएको छ। पुलिसले अहिलेसम्म ठगी गरिएको रकममध्ये 30.72 लाख रुपियाँ जफत गरिसकेको छ।

पुलिस अनुसार, यस महिनाको शुरूआतमा उत्तरी कोलकाताको बागुईआटी स्थित एक निजी अस्पतालका उपाध्यक्ष अतनु मुखर्जीले अज्ञात नम्बरबाट व्हाट्सएप सन्देश पाए। सन्देश पठाउनेको प्रोफाइल फोटो अस्पतालका प्रबन्ध निर्देशक प्रशान्त शर्माको थियो। सन्देशमा प्रबन्ध निर्देशकले अब पुरानो नम्बर प्रयोग नगर्ने र सबै आधिकारिक सञ्चार यही नयाँ नम्बरबाट गरिने दाबी गरिएको थियो।

सन्देश वास्तविक भएको विश्वास गर्दै अतनु मुखर्जीले जवाफ दिए। भोलीपल्ट, त्यही नम्बरबाट अर्को सन्देश आयो, जसमा अस्पतालको खाताबाट ठूलो रकम अर्को बैंक खातामा स्थानान्तरण गर्न निर्देशन दिइएको थियो। यो प्रबन्ध निर्देशकको प्रत्यक्ष आदेश हो भन्ने सोचेर मुखर्जीले रकम स्थानान्तरण गरे। पछि उनले आफू ठगिएको महसुस गरे र आफू साइबर ठगीको शिकार भएको खुलासा गरे।

यसपछि अतनु मुखर्जीले बागुईआटी थानामा उजुरी दर्ता गरे, जसको आधारमा पुलिसले जाँच शुरू गऱ्यो। जाँचमा पुलिसले पैसा निकालिएको बैंक खाता पहिचान गर्योल। यो खाता तमिलनाडुसँग जोड़िएको पाइयो। जानकारीको आधारमा, एक पुलिस टोली तमिलनाडु पठाइयो, जहाँ आरोपी सिकन्दर बाचालाई चेन्नईबाट पक्राउ गरियो। उलाई ट्रान्जिट रिमान्डमा कोलकाता ल्याइयो र अदालतमा पेश गरियो, जहाँबाट उलाई सात दिनको पुलिस हिरासतमा पठाइएको छ।

विधाननगर पुलिस कमिश्नरेटका एक वरिष्ठ अधिकारीले भने, अनुसन्धान जारी छ र यस साइबर ठगीमा अन्य कुनै व्यक्ति वा गिरोह संलग्न छन् कि छैनन् भनेर निर्धारण गर्ने प्रयास भइरहेको छ। पुलिसले ठगीको बाँकी रकम पनि फिर्ता गर्ने प्रयास गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande